समाचार

  • रामेछापको मन्थली नगरपालिका १० खुला दिशामुक्त वडा घोषणा

    पौष ७, २०७४
    कैलाश खत्री, सोलु एफ एम, रामेछाप ।
    रामेछाप जिल्लाको मन्थली नगरपालिकाको वडा नम्बर १० चनखु विहिवार खुला दिशामुक्त वडा घोषणा भएको छ । चनखुका ५ सय ९२ घरधुरीमा पक्की शौचालय बनेपछि चनखुलाई जिल्लाको ३८ औँ खुला दिशामुक्त वडा घोषणा गरिएको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य श्याम कुमार श्रेष्ठ र प्रदेश सभामा निर्वाचित सदस्य कैलाश प्रसाद ढुङ्गेलले संयुक्तरुपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी चनखुलाई खुल्ला दिशामुक्त भएको घोषणा गरेका हुन्  । 
    युएसएडको सहयोगमा संचालित सबल परियोजना सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र जिल्ला स्तरीय खानेपानि तथा सरसफाई स्वच्छता समितिको आर्थिक , प्राविधिक तथा सहजिकरणमा वडाका प्रत्यक घरमा शौचालय बनेको हो । कार्यक्रममा  प्रतिनिधिसभाका सदस्य श्रेष्ठ र प्रदेश शभाका सदस्य ढुङ्गेलले नेपाल विकास र समृद्धिको बाटोमा गएको बताए । 
    उनीहरुले अब जनताको समस्या समाधान भई सुखका दिन आउने बताए । रामेछापको सुख्खाग्रस्त क्षेत्रमा खानेल पानी  पुर्याउने जनाउँदै ५ बर्षभित्र रामेछाप जिल्लाले विकास निर्माणको क्षेत्रमा ठुलो फड्को मार्ने उनीहरुको भनाई छ  । कार्यक्रममा वडा अध्यक्ष भरत बहादुर बोहोरासहित , खानेपानि , सरसफाई र स्वच्छताका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org