कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • समानुपातिक सिट बाडफाँड, कुन दललाई कति सिट पुरा हेर्नुहोस ।

    news

    पुस ७, २०७४
    काठमान्डौ ःनिर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट संख्या २२० सार्वजनिक गर्नुभयो । 
    एमाले ७५ र काँग्रेस ७२ 
    आयोगका अनुसार नेकपा (एमाले) प्रदेश नं १ मा १५, प्रदेश नं २ मा ७, प्रदेश नं ३ मा १६, प्रदेश नं ४ मा १०, प्रदेश नं ५ मा १३, प्रदेश नं ६ मा ६ र प्रदेश नं ७ मा ८ सिट प्राप्त गर्न सफल भएको छ । त्यस्तै नेपाली काँग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा ५ र प्रदेश नं ७ मा ८ सिट प्राप्त गरेको सचिव पौड्यालले जानकारी दिनुभयो । 
    नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ मा ५, प्रदेश नं २ मा ५, प्रदेश नं ३ मा ८, प्रदेश नं ४ मा ३, प्रदेश नं ५ मा ६, प्रदेश नं ६ मा ४ र प्रदेश नं ७ मा ४ सिट प्राप्त गर्न सफल भएको छ । 
    संघीय समाजवादी फोरम नेपालले प्रदेश नं १ मा २, प्रदेश नं २ मा ९ र प्रदेश नं ५ मा २ तथा राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नं २ मा १०, प्रदेश नं ५ मा १ र प्रदेश नं ६ मा १ सिट पाएका छन् । 
    आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं १ मा एक, प्रदेश नं ३ मा एक र प्रदेश नं ६ मा एक सिट प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले प्रदेश नं ३ मा प्रदेशसभातर्फ तीन सिट जितेको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश नं ४ र ५ मा एक÷एक सिट प्राप्त गरेको छ । 
    साना ५ पार्टीलाई एक–एक 
    नयाँ शक्ति पार्टी प्रदेश नं ४ मा एक तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ मा एक स्थान प्राप्त गर्न सफल भएका छन् । नेपाल संघीय समाजवादी पार्टीले प्रदेश नं २ मा एक, नेपाल मजदुर किसान पार्टीले प्रदेश नं ३ मा एक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश नं ३ मा एक स्थान प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 
    समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो । 
    १३ दल प्रदेशसभामा 
    आयोगका अनुसार प्रदेशसभा सदस्यमा एमाले ७५, काँग्रेस ७२, माओवादी केन्द्र ३५, फोरम नेपाल १३, राजपा १२, राप्रपा र विवेकशील साझा पार्टी तीन तीन, जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा(प्रजातान्त्रिक) एक एक स्थान प्राप्त गर्न सफल भएका हुन् । 
    प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभामा समानुपातिकतर्फको २२० स्थानका लागि दलले प्राप्त गरेको सिट संख्यालाई आज अनुमोदन गरेको हो । आयोगका अनुसार प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ भाग लिएका राजनीतिक दलमध्ये १३ दलले प्रदेशसभामा प्रवेश पाएका हुन् । 
    राजनीतिक दलले गत कात्तिक २७ गते समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको उम्मेदवारको संशोधित बन्द सूचीअनुसार प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ५६५ उम्मेदवार प्रतिष्पर्धामा थिए । दलले बन्दसूचीमा रहेका उम्मेदवारको समावेशी समूहबाट दर्ता सूचीअनुसार मात्रै विजयी उम्मेदवारको नाम आयोगलाई सिफारिश गर्नसक्ने व्यवस्था छ । प्रदेशसभामा खसेको सदर मतको १.५ प्रतिशत नघाउने दलले मात्र समानुपातिकतर्फको प्रदेशसभा सदस्य सिट प्राप्त गर्ने व्यवस्था छ । (रासस)
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org