कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • गाउँपालिका केन्द्रका बिषयमा बिवाद, १४ जनप्रतिनिधिको सामुहिक राजिनामा

    पुस–८, 
    रामधन राई÷ सोलु एफ एम, खोटाङ
     
    खोटाङस्थित दिप्रुङ गाउँपालिकाको केन्द्रराख्ने स्थानका बिषयमा बिवाद हुँदातीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । दिपु्रङडाडाँको रोशाभञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको नाराङगा भन्ने अर्कोतर्फबीच कुरा नमिलेपछि डाडाँगाउँ नभए नाराङगाको अडान लिने समुहले राजिनामा दिएका हुन् ।
    ७ वटा वडा रहेको पालिकाको केन्द्र डाडाँगाउँ वा स–छितापोखरी–५ नाराङगामा नै राख्नुपर्ने अडान लिँदै आएका दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री, वडा नं.–२ डाडाँगाउका वडाध्यक्ष भिम बहादुर खत्री र टेम्मा ७ का वडाध्यक्ष धन बहादुर मगरले राजिनामा दिएका हुन् । असन्तुष्ट अवाध्यक्षसहित सहित १४ जना जनप्रतिनिधिले शुक्रबार साँझ पालिका प्रमुख भुपेन्द्र राई समक्ष सामुहिक राजिनामा दिएका हुन्  । 
    गाउँपालिका केन्द्रका लागि ४ वडा रोशाभञ्ज्याङ र ३ वडा डाडाँगाउँ नभए स–छितापोखरीको नाराङगाका पक्षमा उभिएपछि बिहिबारदेखि शुरु गरिएको सभा स्थगित गरिएको जनाईएको छ । स्थानिय सरकार शासन सञ्चालन सम्बन्धि ऐन २०७४ अनुसार पालिकाको केन्द्र र नाम ६ महिनामा टुङगो लगाईसक्नु पर्ने प्रावधान छ । 
    केन्द्रको लागि बसेको दुईदिनको सभा टुङगोमा नपुगी चरम बिवादित भएपछी पुस १० सम्मका लागि सभा स्थगित गरिएको पालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो । कानुन अनुसार पुस अन्तिममा केन्द्रको टुङगो लगाईसक्नुपर्ने छ । प्रमुख राईको अनुसार अन्तिम समयसम्म राजनीतिक दल, असन्तुष्ट पक्षलाई समेट्न ब्यापक प्रयास गरिनेछ । सहमतीमा नआए विधि र प्रक्रियामा नै केन्द्रको टुङगो लगाईने जनाईएको छ ।
     
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org