ताजा खबर

समाचार

  • ढुङ्गाखानीमा पुरिएर युवकको मृत्यु

    पुस–८, 
    रामधन राई÷ सोलु एफ एम, खोटाङ
      आफ्नै ढुङ्गाखानीमा पुरिएर गम्भीर घाईंते बनेका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ का युवा जीवन श्रेष्ठको मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथिको खानीबाट शुक्रबार ढुङ्गा झिक्दै गर्दा पुरिएका श्रेष्ठको सोही दिन साँझ उपचारको क्रममा मृत्यु भएको हो । 
    काका दिलबहादुर श्रेष्ठसँग ढुङ्गा झिक्दै गरेका जीवनलाई करिब तीन बजेको समयमा माथिबाट झरेको ढुङ्गाले पुरेको प्रत्यक्षदर्शीले बताएका छन् । श्रेष्ठलाई उद्दार गरेर जिल्ला अस्पताल अस्पताल पु¥याइएको र उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जनाउनुभयो । 
    श्रेष्ठले आफ्नो खानीबाट निकालेको ढुङ्गा दिक्तेलस्थित विभिन्न ठाउँमा ट्याक्टरमार्फत लगेर बिक्री गर्दै आएका थिए । जीवनको मृत्युपछि उनको नाबालिका छोरी र श्रीमतीको बिचल्ली भएको स्थानीयले बताएका छन् । 
     
       
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org