समाचार

  • प्रेमपत्रले जन्माएको लभकुमार अश्विनी

    news

    एक सुन्दर युवतीसँग अर्को एक युवक आकर्षित हुन्छन् र उनै सुन्दरीको नाममा प्रेमपत्र कोर्न थाल्छन् । प्रेमपत्र लेख्दा लेख्दै उनी सबैको प्रिय लेखक नै बनिसक्छन् । यहाँ कुनै फिल्मको दृश्य वर्णन गरिएको छैन । यो त लेखक तथा पत्रकार अश्विनी कोइरालाको अनुभव हो । जो प्रेमपत्र लेख्दा लेख्दै नारी मनसँग नजिकिए र लेखक बने ।

    उनको नामदेखि उनको लेखाइ प्रायः नारीवादी नै हुन्छन् । नहुन् पनि कसरी, नारीलाई प्रेमपत्र लेख्दा लेख्दै उनी नारीको सौन्दर्यमा फसे । सबै कुरालाई नारीको दृष्टिकोणबाटै हेर्न थाले । हामी बालुवाटारमा रहेको चियाघरमा पुग्दा उनी भ्याइनभ्याइको स्थितिमा थिए । हामीले उनलाई तीन कप सिल्भर टीसम्म कुर्यौं ।

    व्यक्तिजस्तै कोइरालाको प्रेमकहानी गज्जब रहेछ । उनी त्यतीबेला उदीयमान पत्रकार थिए । पत्रिकामा छापिएका लेख(रचनाकी पाठक थिइन्– उनकी जीवनसङ्गिनी । पाठकपत्र पठाउँथिन्,पत्रिकामा । यसको अभ्यस्ततासँगै प्रेम झाङ्गियो सम्झना निरौलासँग । पत्रिकामा लेख्दै गरेका यी लेखकलाई लेख्न मात्रै होइन, शैली पुर्याएर बोल्न पनि नआउने कुरै भएन । ‘तिम्रो र मेरो विवाह भए कत्ति राम्रो हुने थियो है १’ हँसिला अश्विनीले गम्भीर भङ्गीमा सम्झनासमक्ष यो कुरा प्रस्तुत गरे ।

    यस कुरामा सम्झना पनि सकारात्मक नै देखिइन् । ‘खोइ मैले भनेर हुँदैन एकपटक मेरो घरमा कुरा राख्नु भए राम्रो होला’ , यस्तो संवादको निरन्तरतासँगै एक दिन उनीहरुको प्रेम विवाहमा परिणत भयो । ‘कुनै पनि लेख गाँठी कुराबाट सुरु हुनुपर्छ’ पछिल्लो समय ‘जुकरवर्ग क्याफे’बाट पाठकहरुबाट ऊर्जा र प्रेरणा पाएका यी लेखकले भने, ‘लेखको सुरुवातमा नै लेखकले आफ्नो भावुकता लेख्ने हो भने आजका पाठकले त्यस्तो लेख–रचना कहाँ पढ्न रुचाउँछने र १’ अश्विनी पाठकहरुलाई केन्द्रमा राखेर लेख्न रुचाउँछन् । र, उनको यो शैलीको प्रमाण उनले लेखेका कथा र अन्य लेखहरु नै हुन् । पढिरहँदा अझै पढूँ–पढूँ लाग्ने हुन्छन् उनका रचनाहरु ।

    प्रश्न सोध्नेहरुले उनलाई धेरैजसो सोध्ने प्रश्न हो– ‘अश्विनी’ नाम स्त्रीहरुको जस्तै सुनिन्छ नि है रु’ प्रशङ्गवश हामीले पनि उनलाई यो प्रश्न सोधिहाल्यौं । खुलस्त कुराकानी गर्ने स्वभावका उनले अप्ठ्यारो नमानी नामसम्बन्धी कुरा बताए , ‘हो मेरो खास नामचाहिँ अश्विनी कुमार हो, सम्पादकले नाममा जोडिएको कुमार हटाए अलिक ग्लामर सुनिने जनाएपछि उनले आफ्नो नामको कुमार हटाए । यो कुरा हो २०५४ सालताकाको त्यसबेला ‘ग्लामर’ साप्ताहिकमा जागिर खान्थे उनी । त्यसबेला त केटी भएर पनि के साह्रो खत्रा लेख्नसकेको भन्ने प्रतिक्रिया पनि थुप्रै पाएछन् उनले । नामसम्बन्धी यो अन्योल अबका दिनमा धेरै मात्रामा हटिसकेको उनको धारणा छ । हुन पनि हो, अहिले को त्यस्तो पाठक होला– जसले आफूलाई मन परेको लेखकको नाम फेसबुकमा सर्च नगरोस् १

    भनिन्छ– कपाल फुल्नु वार्धक्यको चिनारी हो । बूढ्यौलीसँगै यसले अनुभवको सङ्केत पनि सँगै लिएर आउँछ । यदि भनाइ यो लोककथन नभएर वैज्ञानिक हुन्थ्यो भने अश्विनीका हकमा यो तथ्य प्रमाणित सावित हुनेछैन । किनकि, उनको कपाल १३(१४ वर्षको केटौले उमेरदेखि नै फुल्नथालेको हो । तर, उनलाई कपाल रङ्गाएर कालो बनाउन कहिल्यै मन लागेन । अनि युवावस्थाको जोस भरिएका बेला कपाल रङ्गाऊँ–रङ्गाऊँजस्तो लागेन रु मुस्कुराउँदै उनले प्रतिप्रश्न गरे, ‘अहँ १ कहिलै लागेन, यो त मेरो आइडेन्डिटी होजस्तो लाग्छ, नेचुरल्ली नै मलाई यो सुहाउँछ भने यसलाई मैले किन रङ्गाऊँ रु’

    उनकी एक छोरी छिन् । नाम हो ‘भीप्सा’ । ‘भीप्सा’ नाम कसरी जुराउनुभयो रु उनले भने, ‘सुरुमा अभीप्सा नाम राख्यौं, पछि अ हटाएर भीप्सा राखेका हौं ।’ बडो राम्रो नाम छ यो । नेपाली साहित्यमा एमए गरेका उनले छोरीको नामको चयन सजिलैसँग गरेको बताए । आजका दम्पतीहरुले नानीबाबुहरुको नाम राख्न बालपत्रिकामा प्रकाशित जन्मदिनको सूची हेर्ने गरेको वास्तविकता सुनाउँदा उनी खुलेरै हाँसे ।

    आजको समय बहसमा उभिएको एक सशक्त विषय हो– महिला । लेखकहरु यही विषयलाई केन्द्रमा राखेर लेखहरु लेखेकै छन् । समालोचकहरु समीक्षा लेखेकै छन् । टिप्पणीकार यही विषयमाथि टिप्पणी गरिरहेका छन् । राज्यसत्ताका राजनेताहरु पनि महिलाका विषयमा बोलिरहेकै छन् । लेखनकालको सुरुदेखि नै प्रेम र महिलाकै विषयमा लेख्दै आएका अश्विनी भने अरुले वास्ता गर्न नसकेका कुराहरु लेखिरहेका छन् । उनी भन्छन्, ‘महिला हिंसा र पीडाका बारेमा धेरै लेखिएका छन्’ आफ्नो लेखाइ यी सबैभन्दा फरक रहेको उनको भनाइ छ । उनी आफ्ना रचनाहरु केही फलक विचार,स्वाद र शैलीका भएको प्रष्ट्याउँछन् । उनी भन्छन्, ‘मेरो लेखाइ भनेको महिलाका कोणबाटै उनीहरुको भावना र संवेदनशीलतालाई केलाउने प्रयास हो, कुनै एउटा घटनाबाट महिलका मनका कस्ता विचारहरु उत्पन्न भए रु एउटी नारीले त्यसलाई कसरी हेरिरहेकी हुन्छिन् रु त्यसको चित्रण नै मेरो लेखाइ हो’ प्रेमिकालाई पत्र लेखनबाट सुरु भएको आफ्नो लेखन यात्रालाई सधैंभरि प्रेम र महिलाकै विषयमा केन्द्रित गराइराख्न आफू प्रयासरत भएको उनी जिकिर उनी गर्छन् । हाल ‘प्रेमालय’ उपन्यासको लेखनमा जुटिरहेका उनी खुसी हुँदै भन्छन्, ‘प्रेमालय उपन्यासपछि छिट्टै नै म प्रेमका नियमहरुसम्बन्धी पुस्तक लेख्ने विचारमा छु, म मरीसके पछि कसैले त भनोस्– ए उसले जीवनभर प्रेम र स्त्रीकै बारेमा लेखेछ, यो नै मेरा लागि ठूलो सम्पत्ति हो ।’

    उनलाई युवतीहरु पनि खुवै पछ्याउँन् । ‘यसको कारणचाहिँ पत्रिकामा ब्लोअप छपाउनका लागि पनि हो कि १रु’ उनी अड्कल काट्छन् । प्रशस्तै महिला मित्रहरु छन् उनका । महिला मित्रहरुसँगको निस्वार्थ मित्रता पवित्र र सुन्दर लाग्छ उनलाई । अचम्म लाग्दो कुरा त यो छ कि– कुनै(कुनै बेला उनलाई कतै म आफू स्त्री त हूँइन रु जस्तो लाग्छ । कारणचाहिँ साथीभाइहरुले बेलाबेला झुक्याइदिने, आफ्नाकुरा माथि पार्न खोज्ने रहेछ । ‘साथीहरु बेला(बेला अलि बढी नै पेल्न खोज्छन्, मलाई त्यति बेलाचाहिँ सायद म स्त्री नै हूँ कि क्या हो जस्तो लाग्छ १’ ठीकै पनि हो नचाहिँदो कुरामा वादविवाद गर्नुभन्दा शान्त भएर बसेकै जाती १


    नेपाली समाजमा पछिल्लो समय बढ्दै गरेको सम्बन्धविच्छेदको कारण नवविवाहित युवाहरु वैदेशिक रोजगारीका नममा विदेशिनु पनि हो । प्रेमलाई तरोताजा राख्न शारीरिक सम्पर्कको पनि ज्यादै ठूलो महत्व हुने उनी बताउँछन् । भन्छन्, ‘विवाहपश्चात कम्तीमा आठरदश वर्ष त फ्रेस, हेल्दी सेक्सलाइफ बिताउनै पर्छ, यसो हुँदा दाम्पत्य जीवन सुखी र खुसी रहन्छ ।’ उनी थप्छन्, ‘विवाहित युवाहरु विदेश थएर टन्न पैसा कमाएर त फर्किएलान् तर त्यो अवधिभरमा उनीहरुले एउटा स्वर्णिम यौवनकाल गुमाइसकेका हुन्छन् ।’

    अश्विनी बिहानको पाँच बजे उठ्छन् र दुई घण्टा योग–साधनामा खर्चिन्छन् र दुईघण्टा लेख्नमा । त्यसपछि सुरु हुन्छ उनको पत्रकारिताको व्यस्त दैनिकी ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org