ताजा खबर

समाचार

  • दुधकौशिका गाउँपालिकाको नाम परिर्वतन, थुलुङ दुधकोशी कायम

     
    सोलु एफएम, सोलुखुम्बु । 
    पौष २०, २०७४ 
    सोलुखुम्बुको दुधकौशिका गाउँपालीकाको नाम परिवर्तन भएर थुलुङ दुधकोशी कायम भएको छ । स्थानीय सरकार सञ्चाल ऐन २०७४ को दफा ४ को उप दफा ५ बमोजीम गाउँपालीकाको नाम परिवर्तन गरिएको संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयले जनाएको छ ।  गाउँसभाले गरेको निर्णयका आधारमा सोमबार बसेको मन्त्रिपरिषद् वैठकले  दुधकौशिकाको नाम परिवर्तन भएर थुलुङ दुधकोसी कायम गरिएको  स्थानीय बिकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले जानकारी दिनुभयो । सोलुखुम्बुको एक गाउँपालिकाको नाम परिवर्तन भएको हो । 
     खोटाङमा एउटा  गाउँपालिकाको नाम र ३ वटा गाउँपालिकाको केन्द परिवर्तन भएको छ । खोटाङको लामिडाडा गाउँपालिकाको नाम र केन्द्र दुवै परिर्वतन भएको छ । गाउँ कार्यापालिकाको वैठक बसेर गरेको सिफारीस अनुसार खोटाङका लामिडाँडाँ गाउाँलिकाको नाम रावा बेसि गाउँपालिका परिर्वतन भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । उक्त गाउँपालिकाको केन्द्र वडा नं १ कुभिण्डेको हरमटार कायम भएको छ । यस्तै साकेला गाउँपालिकाको केन्द्र परिर्वतन भई वडा नं ४ माने भन्जयाङ राखिएको छ । बराहपोखरी गाउँपलिकाको पनि केन्द्र हेरफेर भएको छ । साविकमा साउनेचउर केन्द्र रहेकोमा अब बाघखोर भन्जयाङ केन्द्र कायम गरिएको छ । 
    यस्तै गरी ताप्लेजुङ जिल्लाको याङवरक गाउँपालिकाको नाम फेरेर पाथीभरा याङवरक गाउँपालिका राख्ने निर्णयलाई मन्त्रिपरिषद्ले पारित गरेको छ । इमलाको सन्दकपुर गाउँपालिका को साविक माइपोखरी गाविस कार्यालय केन्द्र भएकोमा परिवर्तन गरेर वडा नं ३ माबुमोड देउराली राखिएको छ । धनकुटा जिल्लाको खाल्साछिन्ताङ सहिद भुमि गाउँपालिकाको नाम परिर्वतन गरेर पिप्ले धनकुटा सहिद भुमि गाउँपलिका राखिएको छ । सुनसरीको भोक्राह गाउँपालिकाको नाम र केन्द्र दुवै परिर्वतन भएको छ ।  हेरफेर गरिएको नाम र केन्द्र अनुसार भोक्राहा नरसिंह गाउँपालिका र केन्द्र थिरौली चोक आसपास राखिने भएको छ । यस्तैगरी सुनसरीको हरीनगरा गाउँपालिको नाम परिवर्तन गरी हरीनगर गाउँपालिका बनाइएको छ । उता दोलखाको वैतेश्वर गाउँपालिकाको केन्द्र परिर्वतन गरी वैतेश्वर गाउँपालिका वडा नं ६ पाडुडाडाँ कायम गरिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org