ताजा खबर

समाचार

  • ७ जना उम्मेद्वारले बुझाए निर्वाचन खर्च ।

     
    सोलु एफएम, सोलुखुम्बु । 
    पौष २०, २०७४ 
    आज सम्म सोलुखुम्बुका  ७ जना प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेद्वारले निर्वाचन खर्च विवरण पेश गरेका छन् । यही मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका ३ जना सांसद सहित अन्य दलका गरी ७ जना उम्मेद्वारले निर्वाचन खर्च पेश गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । 
    निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर उम्मेद्वारले खर्च गरेको देखिएको छ । आयोगले निर्धारण गरे अनुसार प्रतिनिधि सभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेश सभाका उम्मेद्वारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सिमा तोकिएको थियो ।  
    निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार बामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका  नेकपा माओवादी केन्द्रका हेमकुमार राई सुरविरले २४ लाख ८८ हजार खर्च गरेको पाइएको छ । 
    यसैगरी बामगठबन्धनबाटै प्रदेश सभा क मा उम्मेद्वार बनेका नेकपा एमालेका उत्तम बस्नेतले १४ लाख ९१ हजार ८ सय खर्च विवरण पेश गरेका छन् । प्रदेश सभा ख मा उम्मेद्वार बनेका नेकपा एमालेका बुद्धिकुमारराज भण्डारीले १४ लाख ९७ हजारको खर्च वितरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रतिनिधि तथा प्रदेश सभामा बामगठबन्धनका उम्मेद्वार निर्वार्चित भएका हुन् । 
    प्रदेश सभा क का स्वतन्त्र उमेद्वार लोचनकुमार शर्माले ४ लाख ५२ हजार निर्वाचन खर्च बुझाउनुभएको छ । संघिय समाजवादी फोरमका प्रतिनिधि सभा सदस्य उम्मेद्वार लाक्पा शेर्पाले २१ लाख १३ हजार, प्रदेश सभा क का उम्मेद्वार चोलामाया बस्नेतले १० लाख ७१ हजार ८ सय, प्रदेश सभा ख का उम्मेद्वार गंगाबहादुर थापा मगरले ११ लाख ६९ हजार खर्च विरण पेश गर्नुभएको छ । 
    सोलुखुम्बुमा  प्रतिनिधि तथा प्रदेशसभामा  गरी १८ जना उम्मेद्वारले निर्वाचनमा भाग लिएका थिए । निर्वाचन परिणाम आएको समय देखि ३५ दिन भित्र निर्वाचन खर्च विवरण बुझाईसक्नुपर्ने नियम रहेको निर्वाचन आयोगले जनाएको छ ।  अझै  ११ जना उम्मेद्वारले खर्च विवरण बुझाउन बाकी रहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org