समाचार

  • जिल्लालाई अध्यारो राखेर विद्युत बेच्न नपाईने सांसद राजभण्डारीको चेतावनी

     
    सोलु एफएम, सोलुखुम्बु । 
    पौष २०, २०७४ 
    सोलुखुम्बु प्रदेश सभा ख का सासंद बुद्धि कुमार राजभण्डारीले जिल्लामा उत्पादन भएका विद्युत जिल्लालाई अन्धकारमा राखेर बाहिर बेच्न नपाईने बताउनुभएको छ । आज सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुको २५ औ बार्षिक साधरण सभालाई सम्बोदन गर्नुहुदै सासंद राजभण्डारीले जल स्रोतले धनी जिल्ला सोलुखुम्बुमा विभिन्न कम्पनीहरु मार्फत विद्युत उत्पादनका कार्य जारी रहेकाले उक्त विद्युत जिल्लालाई बढि भएको मात्रै बाहिरी जिल्लामा निर्यत गर्नुपर्नेमा जोड दिनुभयो । 
    उहाले जिल्लाका सम्पुर्ण घरधुरीहरुमा विद्युत पुगिसकेपछि मात्रै विक्रि गर्न सुझव दिनुभयो । जिल्लालाई नै अन्धकारमा राखेर जिल्लामा उत्पादन हुने विद्युत बाहिर लैजाने कार्य भएमा आफु चुप लागेर नबस्ने चेतावानी दिनुभयो । साथै सासंद राजभण्डारीले सल्लेरी च्याल्सा विद्युत कम्पनीले बनाउने भनिएको ५ मेगावाट क्षमताको विद्युत प्राधिकरणबाट कमिसनको खेलमा लागेर अन्य कम्पनीलाई दिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । 
    यसैबीच, सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुको २५ औ बार्षिक साधरण सभा सल्ल्ेरीमा सम्पन्न भएको छ  । साधरणसभाको बन्द शत्रले डाक्टर मिमांर ग्यालजेन शेर्पाको अध्यक्षतामा नया सञ्चालक समिति सर्वसहमत रुपमा चयन गरेको छ ।  संचालक समिति सदस्यमा  आङदामी शेर्पा र दोर्जी शेर्पा चयन हुनुभएको छ । अन्य सदस्य विद्युत प्राधिकरणबाट मनोनित हुने व्यवस्था रहेको छ । 
    सोलुखुम्बुको जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको साधरण सभाले आर्थिक बर्ष २०७३÷७४ को लागी सञ्चालक समितिको प्रतिबेदन,कम्पनीको भावि योजना तथा आर्थिक आय ब्याय प्रतिवेदन पारित गरेको छ  । कम्पनीले आर्थिक बर्ष २०७३÷७४ मा अघिल्लो आर्थिक बर्षको तुलनामा ९.७ प्रतिशतले खुद नाफामा कमि आएको प्रीतबेदन सार्वजनिक गरेको छ ।
      आर्थिक बर्ष २०७२÷७३ मा १ करोड १८ लाख ८ हजार २ सय ६५  खुद नाफा कमाउन सफल भएकोमा ०७३÷७४ मा ९१ लाख ९७ हजार७ सय ५ रुपैया खुद नाफा कमाउन सफल भएको प्रतिबेदन सार्वजनिका गरेको हो । 
    खुद मुनाफामा कमी आउनुमा आ.व २०७२÷७३ मा नाजिङ र तोजिङ विद्युत उपभोक्ता समितिहरुको विद्युत जिवतरण प्रणालीको काम कम्पनीको खातामा जम्मा गरी लेखानिति अनुसार आम्दानी जनाई काम गर्ने गरेकोमा आ.व २०७३÷७४ मा विद्युत उपभोक्ता स्वयमले खरिद गरी निर्माण कार्य गर्ने भएकाले आम्दानीमा गिरावट आएको प्रतिबेदन सार्वजानिक गरेको छ । 
    कम्पनीले निकट भविष्यमै एसएमएस मार्फत विद्युत महसुलको जानकारी गराउने,अनलाईन पेमेन्ट मार्फत विद्युत महसुल भुक्तानी गर्न सुरुवात गर्ने लगायतको रहेको कम्पनीले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org