कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • सोलुखुम्बु गाएन स्टार सिजन २ को फाइनल भोली

     
    सोलु एफएम, सोलुखुम्बु । 
    पौष २०, २०७४ 
    सोलुखुम्बु गाएन स्टार सिजन २ को फाइनलको तयारी पुरा भएको आयोजकले जनाएको छ । २ पटक सम्म सरेको प्रतियोगिता भोली र पर्सी सल्लेरीमा हुदैछ ।  फ्रेण्डशिप युथ क्लव केन्द्रिय कार्यालय सोलुखुम्बुको आयोजनामा हुन लागको प्रतियोगितामा निम्ताइिएका राष्ट्रिय ख्याति प्राप्त कलाकारको सोलुखुम्बुमा आमगन भईसकेको गौरब खालिङले जानकारी दिनुभयो । गायिका कुन्ती मोक्तान, गायक तथा संगितकार बसन्त सापकोट, सुवोध गौतम आजै साझ आईसक्नुभएको छ । 
    भोली मध्यान्न सम्म गाएक राजेश पायल राई आउनुहुने आयोजकले जनाएको छ ।  प्रतियोगिताको फाइनल राउण्डका लागि टप सेभन प्रतियोगिहरु व्यग्र प्रतिक्षमा रहेका छन् । जिल्ला समन्वय समितिको प्रागणमा हुने फाइनलमा टप ७ प्रतियोगिको रेकर्डिङ एल्बम विमोचन तथा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याति कमाउन सफल कलाकारको सांगितीक प्रस्तुती समेत हुने जनाइएको छ ।   
    प्रतियोगिताको शिर्ष ७ मा पुग्न सफल प्रतियोगिहरु सनकुमार तामाङ, भोजकुमार राई, डोमा शेर्पा, खगिन्द्र नाछिरीङ, रन्जना राई, केशव राई र विनोद राई रहनुभएको छ ।   प्रतियोगितको विजेताले  बजाज कम्पनीको मोटरवाइकको साथमा नगद १० हजार, द्धितिय र तृतिय हुनेले क्रमशः नगद ३० हजार र २० हजार प्राप्त गर्ने छन् ।
     
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org