कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ट्रकको ठक्करबाट दुई जना घाईते

     
    सोलु एफएम, सोलुखुम्बु । 
    पौष २०, २०७४ 
    सोलुखुम्बुमा ट्रकको ठक्करबाट दुई जना घाईते भएका छन् । ओखलढुंगाबाट सल्लेरीतर्फ आउदै गरेको बा ८० प ७१३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाईते भएका हुन् । 
    घाईते हुनेमा मोटरसाइकल चालक गोर्खा पालुङटार ६ बस्ने ३६ बर्षिया घनश्याम थापामगर र मोरङ उर्लाबारी ६ बस्ने १८ बर्षिया रमेश कार्की रहेको ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ । घाईते मध्ये रमेश कार्कीको दाईने खुट्टा भाच्चिएको छ भने घनश्याम थापामगरको हातमा चोट लागेको छ । घाईतेहुनेहरु तल्लो सोलुखोला जलविद्युत आयोजना ८६ मेगावाटमा मजदुरी गर्दै आएका थिए । उनीहरुलाई सोलु अस्पताल फाप्लुमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमान्डौको बिएण्डी अस्पताल लगिएको ट्राफिक प्रहरी नारण बहादुर बस्नेतले जानकारी दिनुभयो ।
    ना ४ ख ८९६४ नम्बरको ट्रक सल्लेरीबाट ओखलढुंगा तर्फजादै गर्दा नेचा सल्यान गाउँपालीका ६ तिङ्लाको रमिते नजिकै बुधबार साझ सल्लेरी आउदै गरेको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीको भनाई छ । एलपी ट्रक र चालक दिनेश लामालार्ई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।  
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org