समाचार

  • नेले बजार नजिकै किवी र भुई स्याउ प्रशोधन केन्द्र खुल्दै

     
    सृष्टि सुनुवार, सोलुखुम्बु 
    पौष २१,२०७४ 
    सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं १ को नेले बजार नजिकै प्रशोधन केन्द्र स्थापना हुने भएको छ । बागबाणी केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको हो । 
     किवि र भुई स्याउको प्रशोधन केन्द्र खोल्नका लागि विहीबार मात्र स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भएको बागबाणी केन्द्र फाप्लुका सुचना अधिकारी प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।  कृषि विकास मन्त्रालय मार्फत बागबाणी केन्द्रको कार्यक्रम ५० प्रतिशत अनुदान सहयोगमा प्रशोधन केन्द्र खुल्न लागेको हो । 
    बागबाणी केन्द्रका प्रमुख चन्द्रमान  श्रेष्ठको संयोजकत्वमा  कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक पुर्णराज कार्की सहितको टोलीले विहिबार स्थलगत निरीक्षण पछि प्रशोधन केन्द्र स्थापनाका लागि ठाउँ उपयुक्त भएको निष्र्कश निकालेको छ । बागबाण्ी केन्द्रले यही मंसिर १० गते गोरखापत्रमा सुचना प्रकाशन गरी टेण्डर आब्हान गरेकोमा एनप्याक नामक संस्थालाई टेण्डर परेको हो ।
    उक्त संस्थाले १ करोड ६१ लाखको बजेट पेश गरेको छ । बागबाणी केन्द्रको ७५ लाख बजेट रहेकोमा संस्थाले गरेको काम अनुसारको भुक्तानी गरिने सुचना अधिकारी श्रेष्ठले बताउनुभयो । चालु आर्थिक बर्ष २०७४÷७५ भित्र प्रशोधन केन्द्र स्थापना गरिसक्नुपर्ने छ । 
    प्रशोधन केन्द्रमा बजारमा विक्री हुन नसकेको विभिन्न फलफुल प्रशोधन गरेर जुस, जाम लगायत तयार गरेर किसानले फाइदा लिन सक्नेछन । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org