समाचार

  • राष्ट्रिय सभा सदस्य निर्वाचन माग २४ गते

     
    सोलु एफएम, सोलुखुम्बु 
    पौष २१,२०७४ 
     
    लामो समयको रसाकस्सीपछि सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । राष्ट्रियसभा निर्वाचन अध्यादेशको विवादमा राष्ट्रिय राजनीति अल्झिएपछि सरकारले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सकिएको महिना दिनका दिन आज राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको हो ।
      राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २४ गते बुधवारका लागि निर्वाचन मिति निर्धारण गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । हिजो बसेको सर्वदलीय बैठकमा बाम गठबन्धन आवद्ध दलले निर्वाचन मिति तोक्न बाटो प्रसस्त गरेपछि सरकारले मिति निर्धारण गरेको हो ।
    निर्वाचन आयोगले निर्वाचनका लागि माघ २५ गते सुझाएको थियो भने वाम गठबन्धन आवद्ध दलले सो मितिमा निर्वाचन गर्दा ढिला हुने बताउदै आएका थिए । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नुभएको थियो । भेट लगतै बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गतेका लागी निर्वाचन मिति घोषणा गरेको हो ।   
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org