समाचार

  • सोलुखुम्बुको तापक्रम माईनस ४.३ डिग्रीमा झ¥यो ।

    news

    पुस २२, २०७४
    भोजराज कार्की, सोलुखुम्बु  ः
    चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजिवन प्रभावीत बनेको छ । केहि दिन यता दिनप्रतिदिन चिसो बढ्दै गएपछि जनजिवन प्रभावीत बनेको हो । 
    सदरमुकाम सल्लेरीको तापक्रम माईनस ४.३ डिग्री सेल्सियसमा झरेको सल्लेरी स्थित मौसम अवलोकन केन्द्रले जनाएको छ ।  शनिबार (आज) बिहान ८ः४५ मापन गर्दा सदरमुकामको न्यूनतम तापक्रम माईनस ४.३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग अन्तरगत सोलुखुम्बुकी मौसम अवलोकन कर्ता राधा बस्नेतले जानकारी दिनुभयो । 
    यस्तै शुक्रबारको बिहानको तापक्रम माईन २.६ डिग्री सेल्सियस रहेको बस्नेतले जानकारी दिनुभयो । माथिल्लो क्षेत्रमा समान्य हिमपात भएको छ भने अन्य क्षेत्रमा तुसारो जमेको छ । बिहानी पख धारामा आउने पानी समेत जम्नथालेपछि थप यहाँको जनजीवन प्रभावीत बनेको हो । बिहान घाम नलागे सम्म मनिसको चहलपहल कम देखिन्छ भने आगो ताप्ने, हिटर बाल्नेक्रम बढेको छ । प्रत्येक कार्यालयमा काम गर्ने कर्मचारीहरु कार्यकक्षमा हिटरको बिनाप्रयोग काम गर्न गाह्रो हुने बताउछन् । 
    चिसोबाट बच्न चिकित्सकको सुझाव ।
    चिसोका कारण बालबालीका, बृद्धबृद्धा, सुत्केरी महिला बढी प्रभावीत बनेका छन् । चिसो बढेसंगै मौसमी बिरामी समेत बढेको सोलु अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । डा. बस्नेतले चिसोबाट बच्न सबैलाई आग्रह समेत गर्नुभयो । तातो, झोलिलो खानेकुरा बढी खानु, उमालेको तातोपानी मात्र प्रयोग गर्न, स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकको सुझाव छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org