कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • हलेसीका अग्नी पीडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वासन

    news

    पुस–२३, २०७४
    रामधन राई÷ सोलु एफ एम, खोटाङ,
     रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङस्थित हलेसीका आगलागी पीडितलाई प्राथमिकतामा राखी सहयोग गर्ने आश्वासन दिनुभएको छ । रक्षामन्त्री प्रधानले हिन्दु, बौद्घ र किरात समुदायको आस्थाको केन्द्र त्री–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीबाट प्रभाबित क्षेत्रको निरीक्षण गर्दै यस्तो आश्वासन दिनुभएको हो । 
    हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसीबजारमा भएको आगलागीबाट चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरीक्षणका क्रममा शनिबार साँझ हलेसी आइपुग्नु भएको हो । 
    आईतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरीक्षण एबं टहरामा रात तथा दिन बिताइरहेका पीडितलाई भेटघाट गर्नु भएको छ । पीडितसँगको भेटघाटका क्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिनुभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 
    रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ । आगलागीमा घर सहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदिस दास लगायतका पीडित अस्थायी टहरामा कष्टपूर्ण समय विताइरहेका छन् । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org