कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • महाकुलुङ गाउँपालिकामा सिसाजन्य बस्तुको प्रयोगमा प्रतिबन्ध ।

     
    सोलु एफएम, सोलुखुम्बु 
    पौष २७, २०७४ 
    महाकुलुङ गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङको अध्यक्षतामा ७ सदस्यीय महाकुलुङ यातायात व्यवस्थापन समिति गठन गरेको छ । यही सोमबार महाकुलुङ गाउँपालिकामा गाडी पुगे सँगै यातायात व्यवसायीहरु सँग  समन्वय गरी भाडादर निर्धारण लगायत यातायातमा नागरीकको सहज पहुँच पुरयाउनका लागि काम गर्न समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो । 
     गाडी संचालनको सुरुवाती अवस्थामा मनोमानी ढंगबाट भाडा अशुल्ने काम हुन सक्ने भन्दै गाउँपालिकाले कडा निगरानी राख्नेभएको छ । यातायात व्यवस्थापन समितिमा गाउँ कार्यापालिकाकी सदस्य शुभधनी कुलुङ सहित ५ वटै वडाका वडा अध्यक्ष सदस्यको रुपमा रहनुभएको छ । 
    मंगलबार साझ सम्पन्न गाउँ सभाले  सडकका लागि छुट्याएको ५ करोड बजेटले उपभोक्ता समिति मार्फत काम अघि बढाउने निर्णय गरेको छ । यस्तैगरी वैठकले गाउँपालिका प्रवेश गरेको सडकको नाम सहिद स्मृति महाकुलुङ चक्रपथ राख्ने निर्णय  गरेको छ । 
    महाकुलुङ गाउँपालिकामा सिसाजन्य बस्तुहरुलाई पौष २५ गते मंगलबार देखि नै लागु हुने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  महाकुलुङ गाउँपालिका भित्र यस अघि नै भित्र्याइएका  सिसाजन्य बस्तुको ४ महिना भित्र विक्री वितरण गरी सक्नुपर्ने समेत निर्णय गरेको छ । सिसाजन्य बस्तुहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरे बजारे मदिरा तथा सिसाका बोतल भित्र रहेका पदार्थ विक्रीवितरण गर्न नपाइने भएको हो । 
    सभाले प्रथम महाकुलुङ महोत्सव सफलतापुर्वक सम्पन्न गर्नका लागि आर्थिक, भौतिक सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको  अध्यक्ष किरातीले जानकारी दिनुभयो । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org