समाचार

  • धनकुटा आज पनि बन्द

     धनकुटा पुस २७, २०७४  -प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि धनकुटा बन्द आव्हान गरेका छन् ।धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् । लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो ।  तर आज पुन: बन्द आव्हान गरिएपछि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन् । बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन् । सरकारले भने प्रदेशको अस्थायी मुकाम नतोक्ने निर्णय गरिसकेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org