समाचार

  • विद्युत अवरुद्ध हुदाँ उपभोक्ता प्रभावित

     
    सोलु एफएम, सोलुखुम्बु 
    मेसिनमा आएको खराबीका कारण सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुको विद्युत सेवा अवरुद्ध हुदाँ उपभोक्ता प्रभावित भएका छन् । विद्युत गृहको अल्टरनेटरको बे्रेकरमा समस्या आउदा शनिबार विहान ८ बजे देखि दिउसो २ बजे सम्म विद्युत सेवा अवरद्ध भएको थियो । 
     
    कम्पनीका विभागिय प्रमुख रामेश्वर मास्केले सेवा ग्राहीमा पर्न गएको असर प्रति क्षमा माग्दै मेसिनरी सामानमा बेला बेलामा आउने समस्याको समयमै समाधान गर्न आफूहरु लागि परेको बताउनुभयो ।  विद्युत सेवा अवरुद्ध हुदाँ विशेष गरी जिल्लाबाट संचालित विद्युतिय संचार माध्यम  प्रभावित भएका छन् ।
    यसैबीच जाडो बढे सगँै विद्युतीय उपकरणहरु बढि प्रयोगमा आउँदा ओभरलोड भएको कम्पनीले जनाएको छ । विशेष गरी विहान र बेलुकीको सयममा विद्युतको माग र खपत उच्च हुदाँ समय व्यवस्थापन गरी विद्युत कटौती गरेर माग पुरा गराउन खोज्दा समेत माग धान्न मुस्किल रहेको प्राविधिकले जनाएका छन् । 
    जाडोको समयमा लोडसेढिङको समय बढि हुन नदिनका लागि विद्युत खपत गर्दा मितव्ययिता अपनाउन विभागीय प्रमुख मास्केले आग्रह गर्नुभयो । हिटर, राइसकुकुर आवश्यक मात्रामा मात्र  चलाउन उपभोक्तालाई कम्पनीले आग्रह गरेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org