ताजा खबर

समाचार

  • संखुवासभामा जिप दुर्घट्ना हुँदा गाउँपालीका अध्यक्ष सहित ६ जनाको मृत्यु ।

    पुस ३०, २०७४
    संखुवासभा– 
    संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परि मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको हो ।
    प्रमुख जिल्ला  अधिकारी शिवराज जोशीले दिनुभएको जानकारी अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा आइतबार दिउँसो १२ बजे भएको थियो । पाथीभरा हेदांनाकाुसुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  भूकम्प पुनर्निर्माण प्राधिकरणका कर्मचारीसहित गएको टोली दुर्घटनामा परेको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने विषयमा जानकारी आएको छैन । मृत्यु हुने अन्य ४ जनाको सनाखत नभएको प्रजिअ जोशीले जानकारी दिनुभयो ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org