कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • प्रदेश न. १ को पहिलो बैठकमा शेर्पा पोसाकमा सजिएर पुगे सोलुखुम्बुका सासंद राजभण्डारी ।

    news

    सुबास दर्नाल,

    सोलु एफ एम, माग २२

    सोलुखुम्बु –सोलुखुम्बुवाट निर्वा्चित सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी हुनुभएको छ । प्रदेश सभा ख वाट विजयी भएका राजभण्डारीले चुनाब प्रचारका क्रममा गरेको वाचा अनुरुप शेर्पा पोशाक छुवा लगाएर बैठकमा सहभागी हुनुभएको हो ।  

    शेर्पा जातिको बाहुल्यता रहेको हिमाली जिल्ला सोलुखुम्बुमा रहेका शेर्पा जातीहरुको सम्मानका निम्ती आफु शेर्पा पोशाकमा प्रदेश सभाको पहिलो बैठकमा सहभागि भएको सासंद राजभण्डारीको भनाई छ । सबै जातजाति प्रति आफ्नो दृष्टिकोण सम्मान रहेको भन्दै राजभण्डारीले जातीय सद्भाव अझ मजबुत बनाउनु पर्ने बताउनुभयो । सासंद राजभण्डारीले आफुले चुनावको समयमा गरेको एउटा बाचा पुरा गरेको भन्दै जनभावना अनुसार आफुले काम गर्ने बताउनुभयो ।
    आफूले चुनाबी प्रचारका दौरानमा गरेका सबै कुराहरु प्राथमिकताका साथ पुरा गर्ने भन्दै उहाले नेपाललाई विश्वमा चिनाउन नेपाली शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेका दाबी गर्नुभयो । सोलुखुम्बु जिल्लामा बसोबास गर्ने ११ जाति मध्ये सम्भव रहेसम्म सबै जातजातीको पोषाकमा लगाएर बैठकमान सहभागी हुने बताउनुभयो । उहाँले अन्य जातजातीको बाहुल्यता रहेको सोलुखुम्बुमा आफुलाई जनताले विश्वास गरेर जिताएको भन्दै आफु सोलुखुम्बुलाई विकास गर्नमा लागी पर्ने बताउनुभयो । सगरमाथाको जिल्ला सोलुखुम्बुको सिर सधै सगरमाथाको सिर जस्तै उच्च हुने गरी काम गर्ने बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org