समाचार

  • पत्ताले क्षेत्रमा यतिबेला पर्यटकीय मौसम

    news

     
    माग २५
    सोलुखुम्बुको पत्ताले क्षेत्रमा यतिबेला पर्यटकीय मौसम छाएको छ   । छोटो दूरीमै सगरमाथालाई सिधा आँखाले हेर्ने एक मात्र सहज गन्तव्य रहेकोले पनि पत्ताले पर्यटकीयस्थल बन्दै गएको हो । पत्तालेबाट निलो आकाश खुलेपछि सगरमाथा, अमादाब्लम, थामसेर्कु, गौरीशंकर, मकालु र (दूधकुण्ड) नुम्बुर र कर्लेलुङ हिमाल देखिन्छन् । ‘पत्ताले’ नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको स्थानीय प्रकाश मगर बताउँनुहुन्छ   । वर्षा र गर्मी मौसममा बादलले हिमाल छेक्ने भएकाले पनि जाडो महिना लागेपछि पत्ताले सगरमाथा हिमशृंखला हेर्ने उत्तम गन्तव्य मानिन्छ । 
     
    सोलुदूधकुण्ड नगरपालिका वडा नं  ८ मा पर्ने पत्तालेमा धेरैजसो पर्यटक सडकमार्ग हुदै आउने गर्दछन् । सोलुखुम्बु –ओखलढुंगा सडकखण्डमा पर्ने पत्तालेमा मासिक रुपमा सयौ आन्तरिक र बाहय पर्यटक पुग्ने गरेका छन्  । टाटासुमो वा बस चढेर एक हजार देखि १३ सय  रुपैयाँ भाडा तिरेर आउन सकिन्छ । पत्ताले घुम्ने उपयुक्त मौसम मंसिरदेखि फागुन सम्मलाई मानिन्छ । पत्तालेमा दर्जनभन्दा बढी होटल रहेको होटल व्यवसायी संगिता मगरले बताउनुभयो । 
    विभिन्न अबसर, पर्व मनाउन सोलुखुम्बु, ओखलढुंगा र खोटाङ लगाएतका जिल्लाबासीहरुको यहाँ बाक्लो उपस्थिति हुनेगर्छ । समुद्र सतहदेखी करिब २९०० मिटरको उचाईमा अवस्थीत यस क्षेत्रमा गुँरास र चिमल फुल्ने समय चैत्र अन्तिम देखी बैशाखको दोस्रो साता झनै मनमोहक सबैको मन भुलाउने वातावरण हुने होटल व्यवसायी एवं स्थानीय खिलबहादुर श्रेष्ठको भनाई छ । 
    केहि तल लालीगुँरास, चिमल फुलेको त केहि माथी आलुको बुक्मा र झनै माथी नाङ्गो पाखा जहाबाट सोलुखुम्बुको अधिकांस भुभाग, खोटाङ, ओखलढुंगा, उदयुर, भोजपुरको समेत दृश्यअवलोकन गर्न सकिन्छ । पत्ताले बाट पैदल यात्रीका लागी तिङ्ला, समुद्र सतह देखी ६०० मिटरको उचाईमा रहेको तुईनटार, काँगेल डाँडा बिमानस्थल, मुक्लि र देउसाको झरेनी, देउसाको जालीम, पावै, सोताङ, बुङको मेरापीक हुदै सगरमाथाको आधारशिविर सम्म पुग्न सकिन्छ । हाल सम्म पत्ताले क्षेत्रमा भ्रमणमा आउने पर्यटकको तथ्यांक राख्ने प्रणाली भने सुरुवात भइसकेको छैन । पर्यटक प्रवेशका लागि पनि कुनै शुल्क लाग्दैन ।   
     
    सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुमा प्राकृतिक रुपमा सुन्दर महत्वपुर्ण  पर्यटकीय स्थल रहेका छन् । कृषिले सुधारिएको जीवनशैली र जैविक विविधता युक्त सोलुखुम्बु जिल्लामा स्थान विशेष पयर्टकीय गतिविधि हुने गरेका छन्  । पर्यटकीय गतिविधि र चहलपहल बढेसँगै ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानीमा पनि वृद्धि भएको छ । कृषिउपजले राम्रो मूल्य पाउन थालेका छन् । आन्तरिक र बाहय पर्यटकलाई आकर्षित गर्न बर्से्नि विभिन्न कार्यक्रम आयोजना हुने गर्दछ ।    यतिबेला अफसिजन भएकाले खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल नरहेको  सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । खुम्बुमा चैतदेखि फेरि अर्को सिजन सुरु हुन्छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org