समाचार

  • निर्माण सुरु भएको ४ वर्ष वित्यो तर बन कार्यालय सोलुखुम्बुको भवन बनेन ।

    news

    भोजराज कार्की
    माघ २३,२०७४
    सोलुखुम्बु – जिल्ला बन कार्यालय सोलुखुम्बुको निर्मानाधिन भवन अलपत्र परेको छ । २०७१ साल माघ २० गते २ वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएपनि अहिले चार वर्ष वित्यो तर निर्माण कार्य ठप्प छ । 
    २०७३ साल साउन २० गतेनै सम्झौता अवधि सकिएको छ  भने अहिले सम्म म्याद समेत थप गरिएको छैन । समयमानै निर्माण सम्पन्न नहुने भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको पहलमा २०७३ साल चैत्र मसान्त भित्र निर्माणको काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । तर उत्त प्रतिबद्धता कागजमा मात्र सिमित रह्यो । 
    जिल्ला प्रशासन कार्यालयमा भएको उक्त प्रतिबद्धता करार पत्रअनुसार भवन डिभिजनबाट थप करिब रु २० लाख रुपैया समेत भुक्तानी भएको छ तर प्रगति भने सुन्य छ ।” जिल्ला बन कार्यालय सोलुखुम्बुमा प्रमुख मेघराज राईले बताए । पछिल्लो समय प्रजिअको रोहबरमा भवन डिभिजन सहित सरोकारवाला निकायबीच ०७३ चैत्र मसान्तमा काम सक्ने भनेपनि अहिले १० महिना बितिसक्यो निर्माण ठप्पछ, बन अधिकृत राईले भने, “ठेकेदारलाई हामीले बारम्बार ताकेता गरेका छौ, तर सम्बन्धित निकायको मौनताको कारण भवन निर्माण हुन सकेको छैन ।”
    एक करोड २९ लाख  रुपैयामा निर्माण गर्ने गरि निलगिरि निर्माण सेवा काठमान्डौले भवन निर्माणको जिम्मा पाएको छ । तर निलगिरिका प्रकाश डागीले आफ्नो फम भएपनि स्थानीय बुद्धिमगरले कामको जिम्मा लिएको भन्दै पन्छिएका छन् । यता बुद्धि मगरले भने निलगिरिको नाममा बजेट निकासा हुने बताए । मगरले भने, “आफुले काम गरेजति बटेज पाएको छैन त्यसैले काम रोकिएको हो ।”
    भवनमा प्रयोग गरिएको काठहरु समेत मक्कीन थालिसकेको छ । अन्य निर्माणका सामाग्री लथालिङ् छाडिएको छ । निर्माणकर्ता मगरले भने, “काम गरेअनुसार कम्पनिले समयमा भुक्तानी दिदैन भनेर भवन डिभिजनका प्रमुखलाई पनि जानकारी गराए, हुन्छ म कुरा गरिदिन्छु भन्दै टार्नुभयो ।” उनले भने, “निलगिरिका प्रोपाईटरलाई पनि अदालतमा मुद्दा हाल्छु भन्दा म तत्काल पैसा पठाउँछु मुद्दा नहाल्नुहै भने, तर काम गरेन ।” 
    भवन डिभिजन कार्यालयले रनिङ बिल अनुसार रु. ६२ लाख ५० हजार भुक्तानी गरेको छ । रकम भुक्तानीलाई हेर्दा पचास प्रतिशत मात्र काम भएको देखिन्छ । तर पेटी ठेकेदार मगरले निर्मानाधिन भवनको ७० प्रतिशत काम सम्पन्न भएको दावी गरे । काम भएअनुसारको रकम भुक्तानी दिएमा एक महिना भित्र काम सम्पन्न गर्छु मगरले भने, “गरेको कामको समेत भुक्तानी दिएको छैन, अब बाँकी काम सम्पन्न गरेपछि मैले रकम पाउँछु भन्नेमा संका छ, त्यसैले काम अगाडी बढाएको छैन ।” 
    यता सहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालय ओखलढुगांका प्रमुख सुवास वस्नेतले निर्माणको जिम्मा लिएको कम्पनीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताए । उनले भने “निमार्ण सेवालाई स्पष्टिकरण सहितको पत्र पठाईसकिएको र अब कालो सुचिमा राख्ने प्रक्रिया अघि बढाउने बढाउँछु ।” 
     
    बन कार्यलयलाई कार्यसम्पादनमा समस्या ।
    जिल्ला बन कार्यालयको भवन तत्कालीन द्धन्द्धकालमा नेपाली सेनाले कब्जा गरेको छ । बन कार्यालय सहित, कृषि, पशु लगाएतको कार्यलय समेत नेपाली सेनाको घेराभित्र परेको छ । 
    अन्य कार्यालयको भवन निर्माण पश्चात कार्यलय सञ्चालन भएपनि बन कार्यालयको अहिले सम्म निर्माण सम्पन्न भएको छैन । अहिले जिल्ला बन कार्यालयले इलाका बन कार्यालय सल्लेरीको भवनबाट सेवा सञ्चालन  गरिरहेको छ ।  समयमा भवन निर्माण नगर्दा बन कार्यालयको कार्यसम्पादनमा समस्या भएको जिल्ला बन कार्यालय सोलुखुम्बुका प्रमुख मेघराज राईले बताए । उनले भने, “सानो भवन छ, त्यही पनि भुकम्पका कारण जिर्ण छ, बस्न पनि डरमर्दो छ, तर के गर्ने हाम्रो बाध्यता हो ।” समबन्धित निकायले तत्काल काम अगाडी बढाउनुपर्छ । 
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org