समाचार

  • वडा कार्यालय संग समन्वय गरेरमात्र सामाजिक उत्तरदायित्वको काम गरिने ।

    news

    माघ २६, सोलु एफ एम
     
    सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ र ७ मा संचालित माथिल्लो सोलु हाइड्रोपावर कम्पनीले  सामाजिक उत्तर दायित्वको क्षेत्रमा वडा कार्यालय सँग समन्वय गरेर मात्र काम गर्ने सहमति भएको छ ।  सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ का अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा  बिहिबार बसेको वैठकमा यस्तो सहमति भएको हो ।
    वैठकमा माथिल्लो सोलु हाइड्रोवर कम्पनीले विद्युत उत्पादनका लागि हाल सम्म संचालन गरेको विभिन्न गतिविधि तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा भएका कार्यको जानकारी गराउँदै आगामी दिनमा काम गर्दा अनिवार्य रुपमा वडा कार्यालय सगँ समन्वय गरेर मात्र गर्ने निर्णय भएको छ ।  
    सामाजिक उत्तरदायित्व अन्र्तगत हाइड्रोपावरले उपलब्ध गराउने सेवा सुविधाको पहिचान गरी स्थानीय स्तरबाट आएको मागलाई संकलन गरी मुल्याकनका आधारमा योजनाको प्राथमिकीकरण गर्न वडा कार्यालयले भुमिका निर्वाह गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । माथिल्लो सोलु हाइड्रोपावरको सामाजिक उत्तरदायित्व  शिर्षकमा विनियोजन भएको बजेट र हाल सम्म भएको प्रगतिका आधारमा वडा नं ६ र ७ दुवैमा  जानकारी उपलब्ध गराउने निर्णय गरिएको छ । 
    वडा कार्यालय ६ को कार्यालयमा सम्पन्न वैठकमा  वडा अध्यक्ष, सदस्य, अन्य स्थानीय र माथिल्लो सोलु हाइड्रो पावरको तर्फबाट वरिष्ठ जनसम्पर्क तथा प्रशासकिय अधिकृत बद्रीमान श्रेष्ठ सहभागि हुनुभएको थियो । 
    २३.५ मेगावाट क्षमताको सोलुखोला जलविद्युत अयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयद्धारा सन २०१० मा अनुमती प्रदान गरेको थियो । सन २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निजि क्षेत्रको लगानीमा काम भइरहेको छ । 
    आयोजनाको क–कस्को लगानी कति ?
    आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । लक्ष्मी बैंक सहित नेपाल इन्भेष्टमेन्ट, एनएमबी, एभरेस्ट, एनआइसी एसिया, ग्लोबल आइएमई, लुम्बिनी, सेन्चुरी कमर्सियल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन ।
    लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैकले ५०÷५० करोड रुपैया, एभरेष्ट बैकको ४० करोड, एनआइसी एसियाको ३४ करोड १२ लाख ५० हजार, सेन्चुरी कमर्सियलको २४ करोड ३७ लाख ५० हजार लगानी गरेका छन् । 
    यस्तै जलविद्युत कम्पनीको २० करोड, ग्लोबल आइएमई र लुम्बिनी बैकको १९.५०÷१९.५० करोड रुपैयाँबराबरको लगानी छ । आयोजनाको ऋण सम्झौता हुँदा अनुमानित लागत ४ अर्ब १० करोड रुपैयाँ निर्धारण गरिए पनि सम्पन्न हुँदा ४ अर्ब ४० करोड पुग्ने आयोजनाले अनुमान गरेको छ । कुल लागतको २५ प्रतिशत स्वपुँजी रहने आयोजनाले जनाएको छ ।
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org