कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • महादेव घट्टे खोला लघुजलविद्युत आयोजनाको काम सुचारु ।

    news

    माघ २६, सोलु एफ एम
    सोलुखुम्बु –व्यक्तिगत जग्गामा अनुमति नलिई पावर हाउस निमार्ण गरिदाँ रोकिएको महादेव घट्टे खोला लघुजलविद्युत आयोजनाको काम सुचारु हुनेभएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नं ९ साविकको गोराखानी ७ मा रहेको महादेव घट्टे खोला  लघुविद्युत आयोजनाको पावर हाउस पहिरोले भत्किएपछि नयाँ पावर हाउस व्यक्तिगत जग्गामा विना अनुमति बनाईएपछि रोकिएको काम जग्गा धनीले सहमति दिएपछि सुरु हुने भएको वडा कार्यालयका निमित्त प्रमुख आङफुरा शेर्पाले जानकारी दिनुभयो ।
    वडा कार्यालयमा पहलमा जग्गा धनीलाई मनाएपछि काम अघि बढ्ने भएको हो । निमार्ण उपभोक्ता समितिका दुई जना सदस्यले गएर माफी मागेपछि कुनै पनि शुल्क समेत नलिने गरी जग्गा धनी पेमा शेर्पाले काम अघि बढाउन सहमति दिनुभएको छ ।  ४ लाख बराबरको काम भईसकेको भन्दै निमार्ण उपभोक्ता समितिका अध्यक्ष ङिमा तामाङले चाडै काम सम्पन्न गरेर बत्ति बाल्ने बताउनुभयो । 
     १५ किलोवाट क्षमताको लघुविद्युत आयोजनाको पावर हाउस   गत माग ३ गते बुधबार पहिरो गएर भत्किएपछि अहिले १ सय १७ घर अन्धकारमा बस्न बाध्य भएका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org