समाचार

  • मृगौला पिडित जलजलालाई सहयोग रकम हस्तान्तरण ।

    news

    सोलु एफ एम
    माघ २६, सोलुखुम्बु ः मृगौला पिडित गायिका जलजला परियारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।  सोलुखुम्बुका   दुईवटा सामाजिक संस्थाले संकलन गरेको रु.५५ हजार २ सय ५० पिडित परियारलाई आज प्रदान गरिएको हो । सोलुखुम्बुमा संकलन गरिएको उक्त सहयोग रकम आज शिक्षण अस्पताल काठमान्डौमा प्रादन गरिएको हो । 
     दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही बिजय घिमिरे विश्वकर्मा संस्था नेपाल जिल्ला शाखा सोलुखुम्बु र लौरेश्वर दलित युवा समाज तिङ्लाले संयुक्त रुपमा संकलन गरेको सहयोग रकम जलजलाको परिवारलाई हस्तान्तरण गरिएको विजय घिमिरे सस्था नेपाल शाखा सोलुखुम्बुका सरक्षक विजय घिमिरेले जानकारी दिनुभयो । सहयोग रकम बुझ्दै जलजलाकी बुवा नारायण बहादुर दर्जीले खुसी ब्यक्त गर्दै आफ्नो छोरीको ज्यान बचाउन सहयोग गर्नुहुने सोलुखुम्बुबासी सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । 
    अर्घखाँचिको भुमिकास्थान नगरपालीका २ धाकाबाङमा जन्मिएकी २१ बर्षिया कलाकार जलजला परियारको दुवै मृगौला फेल भएपछि अहिले शिक्षण अस्पताल माहरजगञ्जमा उपचार भईरहेको छ । उनको उपचारको लागि २५ लाख भन्दा बढी रकम आवश्यक पर्ने भएपछि सहयोगको याचना गरिएको छ । परियार नेपाली तारा सिजन तीनको उत्कृष्ट चारमा पर्न सफल हुनुभएको थियो । अस्पतालमा उपचारारत परियार रविन्द्र भारती युनिभर्सिटी कलकत्तामा शास्त्रीय संगीतमा विधामा स्नातक दोस्रो वर्षमा अध्ययनरत रहेकी छिन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org