समाचार

  • नेपाल खाद्य संस्थान सोलुखुम्बुमा पछिल्लो समय चामल बिक्रि बढ्यो ।

     
    भोजराज कार्की,सोलु एफ एम सोलुखुम्बु ।
    माग २७, २०७४–नेपाल खाद्य संस्थान सोलुखुम्बुमा पछिल्लो समय चामल बिक्रि बढेको छ । विगत केहि बर्ष अगाडी सम्म संस्थानमा चालम लिनको लागि भिड लाग्ने मानिसहरु अहिले विभिन्न पसलहरुबाट खरिद गर्ने भएकाले संस्थानको चामल बिक्रि कम भएपनि केहि समय यता बिक्रि बढेको छ । 
    खाद्य संस्थानमा भएको चामल कम गुणस्तरको हुने र बजारको मुल्य संग केहि फरक नपर्ने भन्दै आम उपभोक्ता संस्थानमा आउन छाडेको संस्थानका प्रमुख शम्भु प्रसाद रेग्मीले बताउनुभयो । तर पछिल्लो समय बजारको भन्दा केहि गुणस्तरीय चामल आएकाले बिक्रि बढेकोे प्रमुख रेग्मिको भनाई छ । अहिले जिल्ला स्थीत सल्लेरी डिपो  र लुक्ला डिपोबाट दुई किसिमको चालम बिक्रि भईरहेको छ । 
    सोना मन्सुली चालम र जीरा मसिना चालम बिक्रि भईरहेको प्रमुख रेग्मीले बताउनुभयो । वहाका अनुसार ३० केजीको सोना मन्सुली चालमको १२ सय सत्र रुपैया र जिरा मसीना २५ केजीको प्याकेटको १४ सय ४५ मा बिक्रि भईरहेको छ । जिरा मसीना  चामल बजारमा नपाईने तर खाद्य संस्थानमा मात्र उच्च गुणस्तरमा पाईने प्रमुख रेग्मीले दावी गर्नुभयो । 
    अहिले सल्लेरी स्थित डिपो कार्यालयमा ५ सय ४० क्वीन्टल चामल स्टक रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org