समाचार

  • नेपाल रेडक्रस सोसाईटी उपशाखा नेलेको सभापतिमा पुनः गुरुङ ।

     
    सुबास दर्नाल,सोलु एफ एम सोलुखुम्बु ।
    माग २७,२०७२–नेपाल रेडक्रस सोसाईटी उपशाखा नेलेको चौथो अधिवेशन सम्पन्न भएको  छ । अबिधेशनले लालबहादुर गुरुङलाई पुन सभापतिमा चयन गरेको छ ।  थुलुङ दुधकोशी गाउपालीका १ नेले स्थित एक होटलमा भएको अबिधेशनले गुरुङको सभापतित्वमा ८ सदस्यीय रेडक्रस उपशाखा गठन गरेको छ । 
    यसैविच अबिधेशनले सस्थाको आय ब्याय समेत प्रस्तुत गरेको छ । उपशाखाका कोषाअध्यक्ष कार्मा शेर्पाले आय तर्फ ११ लाख १२ हजार र ब्याय तर्फ २६ हजार रुपैया प्रूतुत गरेको हो । सस्थाको आम्दानी १० लाख ८६ हजार रुपैया प्रस्तुत गरेको छ । उक्त आम्दानी साविक नेले ८ र ९ को उपभोक्तालाई पेल्ट्रिकसेन विक्रिबाट प्राप्त भएको जनाइएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठको प्रमुख आथितिथ्यता तथा उपशाखा नेलेका सभापति लाल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org