कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • धुँवारहित चुह्लो निर्माण गर्न घण्टौ हिडेर माटो ल्याउँछन्, चाचालुङबासी । भन्छन् ः “जस्तोसुकै संघर्ष गर्न तयार छौ ।”

    news

    भोजराज कार्की,
    फागुन १, २०७४
    सोलुएफ एम, सोलुखुम्बु ः महाकुलुङ गाउँपालीका ५ चाचालुङमा धुवामुक्त क्षेत्र घोषणाको लागि चुह्लो निर्माणका लागि आवश्यक माटोनै चुनौती बनेको छ । चुह्लो निर्माण गर्नको लागि चिम्टाईलो कमेरे माटो आवश्यक पर्ने भएपनि सावीक गुदेल ६, र ७ मा भने उक्त माटो नपाउँदा चुह्लो निर्माण गर्न समस्या भएको हो । 
    फागुन मसान्त भित्र प्रत्येक घरमा धुवारहित चुह्लो निर्माण गरिसक्नुपर्ने भएपनि माटो नपाउँदा समस्या भएको स्टोप मास्टर डिबि कुलुङले जानकारी दिनुभयो । वडाबासी चुह्लो निर्माण गर्न उत्सुक भएपनि माटो खोज्न एक घण्टा सम्मको पैदल हिड्नुपर्ने बाध्यता रहेको स्थानीय तिर्थ भगत राईले बताउँनुभयो । अहिले सावीक गुदेल ५ मा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको जग खन्नेक्रममा चुह्लो निर्माणको लागि आवश्यक पर्ने माटो निस्केकाले माटो लिन जानको लाईन लाग्ने गरेको राईको भनाई छ । उक्त स्थान सम्म पुग्न एक घण्टा हिडेपछि मात्र पुगिन्छ, स्थानीय कृष्ण राईले भन्नुभयो, “घण्टौ हिड्न हाम्रो लागि सामान्य हो, घरभित्रको धुवामुक्त क्षेत्र घोषणा गर्ने अभियान सफल पार्न हामी जस्तो सुकै संघर्ष गर्न तयार छौ ।”
    २ सय १० घरधुरी रहेको उक्त वडामा ६ जना स्टोप मास्टरले काम गरिरहेका छन् । जीफाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा महाकुलुङ गाउँपालीका धुवामुक्त क्षेत्र घोषणा हुदैछ ।  चुह्लो निर्माण गरेबापत एक हजार पचास रुपैया रकम, चुह्लो निर्माण गर्न आवश्यक रड, फायर गेट जि फाउण्डेशनले उपलब्ध गराउने गरेको छ भने स्टोप मास्टरलाई एक हजार पाँच सय रुपैया प्राविधिक खर्च स्वयम् चुह्लो निर्माणकर्ता तीर्नु पर्ने व्यवस्था गरिएको छ । एउटा चुह्लो निर्माण गर्न २५ केजी माटो, २ केजी चिनि, एक केजी नुन आवश्यक पर्ने स्टोप मास्टर डिबी कुलुङले बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org