समाचार

  • सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीय हर्षित ।

    news

    भोजराज कार्की,
    फागुन २, २०७४
     
    सोलुखुम्बु ःसोलुखुम्बुको माथिल्लो क्षेत्रमा सामान्य हिमपात भएको छ । जिल्लाको खुम्बुक्षेत्र सहित नेले, काँगेल, सोताङ, काकु, बासा लगाएतको क्षेत्रमा अत्यिधिक हिमपात भएको छ । 
    सगरमाथाको काखमा रहेको चौरीखर्क, नाम्चेमा हिजो देखीनै हिउँ परेको लुक्लाबाट लाखबीर तामाङले जानकारी दिए । उनले भने हिजो देखी हिउँ परेको छ, अहिले पनि हिउँ परिरहेको छ ।” हिमपात संगै हल्का बर्षात भएपछि जनजीवन कस्टकर बनेपनि स्थानीय भने हर्षित भएको छन् । 
    लामो समय देखी हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँपरेको छ । आज दिउँसो करिब साढे १ बजे देखी करिब ४ घण्टा हिमपात भएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो, “जम्नेको २६ बर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ प¥यो, हिउँमा खेल्न पाउँदा एकदमै खुसी लाग्यो ।”
    त्यस क्षेत्रमा करिब दुई फिट सम्म हिउँ झरेको बताईएको छ । हिउ खेल्नेहरुको भिड लगोको बासा बाट भेषराज पौडेलले जानकारी दिए । उनले भने, “हामी विद्यालयमा थियौ, हिउँ पर्न थाल्यो, रमाईलो भयो, यस क्षेत्रमा हिउँ खेल्नेको भिडनै लागेको छ ।”
    जिल्लाको सदरमुकाम सहित अन्य क्षेत्रमा सामान्य बर्षात भएको छ भने अत्याधिक चिसो महशुस गरिएको छ । पानी प्रशस्त नपरेपनि चिसो भने बढेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org