समाचार

  • अपांगमैत्री भवन निमार्ण गर्न आर्थिक सहयोग गर्न आग्रह

     
    सोलु एफएम, सोलुखुम्बु
    फागुन १३-
    अपांगमैत्री भवन निमार्णका लागि जिल्ला अपांग सशक्तिकरण सेवा समाज सोलुखुम्बुले सहयोगको आग्रह  गरेको छ । भवन निमार्णका लागि २ रोपनी निशुल्क जगगा प्राप्त भएपनि आर्थिक अभावले भवन निमार्णको काम अघि बढ्न सकेको छैन । अध्यक्ष नर्वदा गिरीले जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायले सहयोग गरेको खण्डमा अपांगमैत्री भवन निमार्ण गरी कार्यासंचालनमा सहजता आउने बताउनुभयो । सोलुदुधुकण्ड नगरपालिका वडा नं ४ फाप्लु नजिकै छिनाक्पुमा स्थानीय आङपेम्बा शेर्पाले भवन निमार्णका लागि जग्गा दान गर्नुभएको छ । मंसिर २४ गते नै जिल्ला अपांग सशक्तिकरण सेवा समाजको नाममा जग्गा पास गर्नुभएको गिरीले बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org