समाचार

  • सल्लेरीको बजार क्षेत्रमा एक साथ ७ वटा पसलबाट करिब १ लाख नगद चोरी

    अपडेट 
    सोलु एफएम, सोलुखुम्बु
    फागुन १४-
    सोलुखुम्बु सदरमुकाम सल्लेरीको बजार क्षेत्रमा एक साथ ७ वटा पसलबाट करिब १ लाख नगद  चोरी भएको छ । । आइतबार राती एक साथ ति पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपि रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । राती भएको चोरीको विषयमा विहान मात्र थाहा भएको थियो ।  घटनामा संलग्नको खोजी कार्य जारी रहेको  प्रहरीले जनाएको छ ।  ढोकाको चावी फोरेर बाकसमा राखिएको नगद चोरी भएको प्रहरीले जनाएको छ ।  । 
    सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ नयाँ बजारका टुक प्रसाद खनालको कपडा पसलबाट नगद १० हजार,  भगवति बस्नेतको पसलबाट ओप्पोको एक थान नयाँ मोवाइल सेट सहित नगद ३० हजार चोरी भएको प्रहरीले जनाएको छ  । 
    यस्तैगरी  दोर्जी शेर्पाको पसलबाट नगद ५ हजार,  केशव खड्काको ७ हजार र गेहेन्द्र मोवाइल पसलबाट  ३ हजार चोरी भएको पिडितले प्रहरीलाई जानकारी गराएका छन् । वडा नं ६ मा लोकेन्द्र बहादुर केसिको तरकारी पसलबाट ५ देखि ७ हजार चोरी भएको छ ।  यस्तै वडा नं ६ नयाँ बजारका काले शेर्पाको पसलबाट २० हजार बराबरको रिचार्ज कार्डका साथै करिब १५ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । शेर्पाको पसल ढिला गरि खोलिएको कारण दिउँसो मात्र पसल चोरी भएको थाहा हुन आएको थियो । 
     नगद बाहेकका अन्य कुनै सामान चोरी भएको नदेखिएको प्रहरी हवलदार सुर्य बहादुर कार्कीले जानकारी दिनुभयो  । प्रहरीले चोरीमा संलग्नको खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org