समाचार

  • चोर खोज्दै प्रहरी

     
    सोलु एफएम, सोलुखुम्बु ।  
    फागनु १७-
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा भएको चोरीको घटनामा संलग्न समुह बारे अनुसन्धान जारी रहेको जनाएको छ ।  प्रहरी निरीक्षक एवं सुचना अधिकारी प्रधुम्न अधिकारीले घटनामा संलग्नको खाजी कार्य तिव्र पारिएको बताउनुभयो । 
    उहाँले स्थानीयहरु सगँ पनि आवश्यक सोधपुछ गर्ने काम भईरहेको भन्दै अपराधी चाडै पक्राउ पर्ने बताउनुभयो । आइतबार राती सल्लेरी बजारमा एकैसाथ ७ वटा पसलबाट करिब १ लाख नगद चोरी भएको हो । यातायातको सहज पहँुच भएकाले घटनामा जिल्ला बाहिराका व्यक्तिहरु हुन सक्ने र तिनीहरुलाई सदरमुकाममा रहेकाले साथ दिएको हुन सक्ने प्रहरीको अनुमान छ । 
     सहरीकरण बढ्दै गएपछि अपराधिक क्रियाकलाप तथा विकृतिहरु पनि बढ्दै जाने भएकाले यसप्रति सचेत रहन नागरीकलाई  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ । प्रहरीले नागरीकको जिउधन सुरक्षाका लागि खटिरहेको भन्दै केही शकास्पद कुरा थाहा भएमा सुचना उपलब्ध गराएर प्रहरीलाई सहयोग गर्न प्रहरी निरीक्षक अधिकारीले आग्रह गर्नुभयो । 
    यता चोरी भएका पसलका संचालकले सदरमुकाम जस्तो सुरक्षा व्यवस्था राम्रो भएको क्षेत्रमा  एक साथ ७ वटा पसलमा चोरीको घटना हुनुले सुरक्षा व्यवस्था प्रति प्रश्नचिन्ह खडा भएको बताएका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ का केशव खड्काले चोरीमा संलग्नलाई चाडो भन्दा चाडो पत्ता लगाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो । यता नयाँ बजारका लोकेन्द्र बहादुर केसीले पनि घटनामा संलग्न बारे प्रहरी अनुसन्धान तिब्र हुनुपर्ने माग राख्नुभयो ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org