समाचार

  • एकिकृत घुम्ति शिविर भकान्जेबाट सुरु हुदै

     
    सोलु एफएम, सोलुखुम्बु ।  
    फागनु १७-
    सोलुखुम्बुको लिखुपिके गाउपालीकामा ३ दिने घुम्ती शिविरका लागि प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा टोली बुधबार भकान्जे पुगेको  छ । 
    जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय साथै महिला तथा वालवालिका कार्यालयका प्रमुख सहितको टोली भकान्जे पुगेको साहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो । शिविर विहीबारबाट सुरु हुदैछ । 
    सदरमुकाम सम्म आएर सेवा लिन नसक्ने नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले घुम्ति शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो ।
         शिविरमा नेपाली नागरिकता, अपांगता तथा जेष्ठ नागरिक परिचय पत्र र गर्भबति महिलाहरुका लागी भिडियो एक्सरे सहितका स्वास्थ्य सेवा प्रदान गरिने जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । फागुन १७ गते भकान्जे, १८ गते चौलाखर्क र १९ गते गोलीबाट सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 
    शिविर संचालन गर्ने टोलीमा  प्रमुख जिल्ला अधिकारी सुनिल खनाल,प्रहरी प्रमुख डिएसपि रेशम बहादुर पराजुली महिला विकास अधिकृत रश्मी श्रेष्ठ,जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर राजेन्द्र बस्नेत लगायतको टोली हुनुहुन्छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org