समाचार

  • जिल्लाको स्थानीय तहमध्ये नेचा सल्यानको नयाँ काम ः लोकसेवा तयारी कक्षा सुरु ।

    सोलु एफ, एफ, फागुन १८
    नेचा सल्यान ः नेचासल्यान गाउँपालीकाको आयोजनामा लोकसेवा तयारी कक्षा आज देखी सुरु भएको छ । कक्षाको उदघाटन गाउ्रँपालीका अध्यक्ष डुफकुमार बास्तोलाले गर्नुभएको छ । 
    पछिल्लो समय लोकसेवा प्रति सबैको चासो बढ्नुका साथै युवाहरुलाई त्यस तर्फ आकर्षित गर्नको लागि गाउँपालीकाकै आयोजनामा तयारी कक्षा सञ्चालन  गरिएको गाउँपालीकाले जनाएको छ । तयारी कक्षामा गाउँपालीका भित्रका ४८ जनाको सहभागीता रहेको हाम्रा सहकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो । ४५ दिन सम्म सञ्चालन हुने कक्षाबाट निजामती कर्मचारी बन्नेहरुलाई पहिलो खुट्कीलो बन्नुका साथै जिल्ला बाहिर गएर अध्ययन गर्नुपर्ने बाध्यता हटाएको सहभागीहरुले बताएका छन् । आफ्नो घर नजिकै बसेर कक्षा लिन पाउँने वातावरण निर्माण गर्नु गाउँपालीकाको महत्वपुर्ण कदम भएको सहभागीले प्रतिक्रिया दिएका छन् । 
    लोक सेवा तयारीकै लागि सोलुखुम्बुका अधिकांस युवाहरु राजधानी काठमान्डौ लगाएतको क्षेत्रमा जान बाध्य छन् । जिल्लामा कहिले काही तयारी कक्षा सञ्चालन भएपनि नियमीत नहुँदा नियमीत कक्षा लिन नपाएको सोलुबासी युवाको भनाई छ । स्थानीय तहलेनै लोकसेवा तयारी कक्षा सञ्चालन गरेको जिल्लाको लागि यो पहिलो हो । यसलाई निरन्तरता दिनुपर्नेमा स्थानीयले जोड दिएका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org