समाचार

  • गाउँसभाको निर्णय भन्दा बाहिर गाउँपालीको नाम र केन्द्र निर्धारण नभएको अध्यक्ष राईको दावी ।

    सोलु एफ एम, फागुन १९,
    सोलुखुम्बु ः सोलुखुम्बुको दुधकोशी गाउँपालीकाको नाम र केन्द्रको विषयमा लिएर केही सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेको माप्यदुधकाशी गाउँपालिका सोलुखुम्वुले दावी गरेको छ । पत्रकार सम्मेलन मार्फत गाउँसभाको निर्णयलाई लत्याउँदै अध्यक्षले आफुखशी केन्द्रको बिषयमा नक्कली सिफारिस गरेको भनी केहि अनलाईनमा समाचार आउनु झुट्टो आरोप भएको गाउँपालीका अध्यक्ष वुद्धिकिरण राईले दावी गर्नुभयो । 
    पत्रकार सम्मेलनमा वोल्नु हुदै अध्यक्ष राईले दुधकोशी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय दोस्रो गाउँसभामा सवैको सुझाव अनुसार निर्णय गरेर पठाएको अध्यक्ष राईको भनाई छ । गाउँपालिकाको केन्द्रका विषयमा हालको अस्थायी कार्यालदेखि बासा स्वास्थ्य चौकी नजिकै माझ गाउँ खोला, सोमबारे खास्ताप बासाभित्र ५० रोपनी जग्गा उपलब्ध हुने स्थानमा राख्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष राईको भनाई छ । 
    यस बारे संक्षेपमा खास्ताप, बासा लेखि पठाए बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्णय गरेको बताइएको छ । अध्यक्षले आफुखुसी मनोमानी निर्णय गरेको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष राईले निर्णय पुस्तिका हेर्नसमेत आग्रह गर्नुभयो । 
    यस विषयमा व्यक्तिगत चहाना पुरा हुँदा सर्वसहमत र  चहाना पुरा हननसक्दा सर्वसहमत नदेखीने परिपाटीको उपज भएको समेत सामाजीक सञ्जालमा टिक्का टिप्पनी भएको छ । नेपाल सरकार मन्त्रीपरिषदवाट स्वीकृत भई गाउँपालिकाको नाम माप्यदुधकोशी राजपत्रमा प्रकाशन भई कार्यवयन्नमा आएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org