समाचार

  • अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु ।

    भोजराज कार्की,
    २४ फागुन,  सोलुखुम्बु :    सुत्केरी महिलालाई बचाउँने सोलु अस्पताल फाप्लुका डाक्टरको प्रयास असफल भएको छ । बुधबार सुत्केरी बेथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दुधकोशी गाउँपालीका ८ देउसाकी १८ बर्षिया अनिषा राईलाई बचाउँने डक्टरको प्रयास असफल भएको हो ।

         सामान्य तरिकाले बच्चा जन्माएकी राईको अध्याधिक रक्तश्रावको कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।  बुधबार दिउसो १ः४५ बजे छोरालाई जन्म दिएकी राईको सालसंगै पाठेघर समेत योनीमार्गमा आएर अत्याधिक रक्तश्राव भएको डाक्टर बस्नेतले बताउँनुभयो । डा. बस्नेतले भन्नुभयो, “(युटेरश इन भर्जन) भएपछि रक्तश्राव हुन्छ जसलाई रोक्नको लागि पाठेघरलाई तत्काल एथास्थानमा लैजानुपर्छ, जसको लागि हामी तीन जना डक्टर लागी प¥यो तर सकेनौ ।”

         “तत्काल उपचार संभव नभएपछि जेनेरल एनेसथेसिया पद्धतीबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको हो ।” उपचारमा संलग्न डक्टर दिलिप कोजुले भन्नुभयो, “पुरै शरीर बेहोस बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या सल्यक्रियामार्फत पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालमाथि बाहेक अन्यमा उपलब्ध हुदैन, त्यसैले रेफर गर्नुको बिकल्प छैन ।”

         अत्याधिक रक्तश्राव हुनथाल्यो ओपोजेटिभ रगत आवश्यक पर्नेभएपछि अस्पतालकी स्वास्थ्य सहायक आङलह्मु लामाले रगत समेत दिनुभएको थियो । डा. राजेन्द्रकुमार बस्नेतले भन्नुभयो, “मिसन अस्पताल ओखलढुंगामा सम्पर्क गरि थप  उपचारको लागि डा. दिलिप कोजु र स्टाफ नर्स सहित तत्काल जीप खोजेर त्यस तर्फ लगेका हौ तर बाटैमा सुत्केरीको मृत्यु भएछ ।” यस प्रकृतिको समस्या दुई हजार जना सुत्केरी मध्ये एकजनामा देखिने डाक्टरको भनाई छ । यो समस्या तत्काल देखिने र थप उपचारको व्यवस्था नहुँदा सुत्केरीलाई बचाउन नसकिने उपचारमा संलग्न डक्टर कोजुको भनाई छ ।

         जिल्ला अस्पताल फाप्लुबाट रेफर गरिएको मध्ये बिरामी सहित डाक्टर समेत गएको जिल्लाको यो पहिलो रेकर्ड बनेको छ । सुत्केरी बचाउनको लागि रगत सहित गएपनि करिब २० किलोमीटरको दुरीमा पर्ने तिङ्लाको रमितेमा मृत्यु भएपछि डक्टरहरु निराश बनेका छन् । यता आफन्तले जिल्लामा श्रोत र साधन नहुँदाको उपज आफुहरुले भोग्नुपरेको प्रतिक्रिया दिएका छन् ।

          बाटोमै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुन जिल्ला अस्पताल फप्लुनै फर्काएर इसिजि गरिएको थियो । सुत्केरीको जेठाजु नाता पर्ने थामकुमार राईले भन्नुभयो, “जिल्लामा श्रोतसाधन युक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै जान गयो, राज्यले ध्यान दिन जरुरी छ ।”

         विकट जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग विशषज्ञ डाक्टरको दर्बिन्दि र अप्रेसन थ्रेएटर सहितको सेवा उपलब्ध छैन । सुत्केरी अवस्थामा देखा पर्ने सम्पुर्ण समस्याको पहिचान गरि उपचार सेव उपलब्ध गराउने व्यवस्था भएमा अकालमै सुत्केरी आमाले ज्यान गुमाउनुनपर्ने मृतकका आफन्त देउसाका भिमचन्द्र राईले बताउनुभयो । राईले भन्नुभयो, “श्रोत साधन युक्त अस्पताल नहुँदा घरमा प्रसुती गराउँनु र अस्पतालमा गराउँदाको कुनै फरकपन महशुस भएन ।” यस प्रति जिम्मेवार निकाय र सरोकारवाला व्यक्तिहरु सचेत हुनुपर्नेमा सबैको माग छ ।

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org