ताजा खबर

समाचार

  • सगरमाथा दिवसको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने ।

    भोजराज कार्की
    सोलु एफ एम 
    सोलुखुम्बु ः सगरमाथा दिवसको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता हुनेभएको छ । मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा नाम्चे युवा समुहको अयोजनामा उक्त प्रतियोगीता सञ्चालन हुने कार्यक्रम संयोजक लामाकाजी लामाले जानकारी दिनुभयो । 
    “सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरीक पर्यटनको लागि नाम्चे घुम्न जाँउ” भन्ने नारासहित प्रतियोगीताको आयोना गरिन्दै छ । सन १०१८ मे २० बाट प्रतियोगीता सुरु भई २९ को दिन समापन हुने कार्यक्रम संयोजक लामाको भनाई छ । लाई उदृत गर्दै हाम्रा सहकर्मी खगेन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । 
    प्रतियोगीतामा प्रथम हुने समुहललाई नगद ५ लाख एक सय १ रुपैया प्रदान गर्ने अयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगीतामा दोस्रो हुने समुहले ३ लाख १०१, तेस्रोत हुने समुहले १ लाख १०१ को साथमा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै उत्कृष्ट खेलाडीलाई नगद ५० हजार १०१ प्रदान गर्ने समेत निर्णय गरिएको छ । 
    कार्यक्रममा सहभागी हुने खेलाडी समुहले प्रवेश शुल्क बापत १० हजार बुझाउनुपर्ने र राष्ट्रिय खेलाडी एउटै समुहमा २ जना भन्दा बढी बस्न नपाईने समेत आयोजकले निर्णय गरेको छ । खेलमा सहभागी हुन चहाने समुहले सोलु एफ एममा समेत सम्पर्क गर्न सक्ने बताइएको छ । हिमालय आधारभुत विद्यालय नाम्चेको खेलमैदानमा सञ्चालन हुने प्रतियोगीताको अन्तिम दिन मे २९ का दिन लोक दोहोरी गाएक बद्रि पङ्गेनी, इन्डियन आईडल प्रशान्त तामाङ, पप गाएक अविनास घिसिङ लगाएत स्थानीय कलाकारको प्रस्तुतमा सांगीतिक साझ कार्यक्रम हुने पनि कार्यक्रम संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org