समाचार

  • ईम्जाको पानी घटाउने कार्य शुरु

    news

    असोज ०८ । सोलुखुम्बु
    सोलुखुम्बु स्थित ईम्जा तालको  पानिको सतह घटाउने काम शुरु भएको छ । ताल विष्फोटन हुने खतराको सुचिमा रहेको ईम्जा तालको पानी आजबाट घटाउने कार्य सुरु गरिएको हो । 
    ईम्जा तालको पानि ३.४ मिटर पानि घटाउनका लागि ३ हप्ताको समय लाग्ने जल तथा मौषम विज्ञान विभागका  महानिर्देशक  रिऋीराम शर्माले जानकारी दिनुभयो । वहाँका अनुसार प्रति सेकेण्ड ६ देखि ७ घनमिटर पानि तालबाट बाहिर पठाईने छ । अनियन्त्रीत रुपमा पानिको बहाव बढेको खण्डमा तल्लो तटिय क्षेत्रसम्म पानिको बहाव आईपुग्न  ४, ५ घण्टाको समय लाग्ने भएकोले पूर्व सतर्कता अपानाउनका लागि सम्बन्धित तटिय क्षेत्रका नागरिकहरुलाई आग्रह समेत गरिएको छ ।
    ईम्जा ताल क्षेत्रमा पानीको सतह घटाउनका लागि नेपाली सेनाका कर्नेल भरत श्रेष्ठ सहित सेनाको १२ जनाको टोली तथा ईम्जा प्रोजेक्टका ईन्जीनियर प्रविण मास्के लगाएत कामदारको टोली ईम्जा क्षेत्रमा खटिएका छन् । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org