ताजा खबर

समाचार

  • जथाभावी शुल्क नलिन निजी बिद्यालय सञ्चालकहरुलाई शिक्षा मन्त्रीको निर्देशन

    news

    चैत्र २२, २०७४
    काठमाण्डौं ः शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी बिद्यालय सञ्चालकहरुलाई निर्देशन दिनुभएको छ । शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र होइन, निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा आज काठमाण्डौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भन्नुभयो ः मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । 
    बिद्यार्थीहरुलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्ने मन्त्री पोखरेलले बताउनुभयो । बिद्यार्थीले बोक्नैं नसक्नेगरी अव्यवहारि ढंगले पुस्तक किन्न लगाउनु गलत हो मन्त्री पोखरेलले भन्नुभयो ः सामाजिक न्यायमा आधारित रहेर काम गर्नुस । नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु आएका बताउदैं पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो । 
    निजी, शहकारी, र सार्वजानिक तिनैं निकाय संग सहकार्य गर्न शिक्षा मन्त्रालय तयार रहेको मन्त्री पोखरेलको भनाई थियो । समुदायमा आधारित शिक्षा हुनुपर्ने पोखरेलको भनाई छ । बैसाख पहिलो शाताबाट बृहत बिद्यार्थी भर्ना अभियान शुरु गरिने बताउँदैं पोखरेलले एक जनाले एक बालबालिका भर्ना गर्नु अनुरोध गर्नुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org