ताजा खबर

समाचार

  • खेलकुदमा लगानी बढाउनु पर्छ ःअध्यक्ष पौडेल

    news

     
    सुबास दर्नाल,सोलु एफ एम ।
    सोलुखुम्बु चैत्र २४–नेपाल खेलकुद महासघंका अध्यक्ष तथा पुर्व युर्वा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले तिनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बेला आएको बताउनुभएको छ । 
    सोलुखुम्बुको सल्लेरीमा शनिबारबाट सुरु भएको क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथिको आशनबाट बोल्नुहुदै अध्यक्ष पौडेलले युवाहरुको भविष्य खेलकुद क्षेत्रमा भएकाले स्थानिय,प्रादेशिक र केन्द्रिय गरी तिनै तहका सरकारले यस तर्फ सोच्ने बेलाआएको बताउनुभयो । वहाँले खेल क्षेत्रमा मान,सम्मान,इज्जत र दाम सबै भएकाले खेल क्षेत्रमा लगनशिल भएर लाग्ने युवाहरुको भविष्य उज्वल रहेको ठोकुवा गर्नुभयो । हिमाली जिल्ला सोलुखुम्बुमा खेलकुदको सम्भावना प्रशस्त भएपनि सोचे जति विकास हुन नसकेको औल्याउँदै पौडेलले युवाहरुलाई खेल क्षेत्रमा लाग्न आव्हान गर्नुभयोे ।  
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिर्वतन ल्याउन आफुलागी पर्ने बताउनुभयो । आफु पनि पुर्व खेलाडी रहेको स्मरण गर्दै सांसद राजभण्डारीले खेल क्षेत्रमाप्रदेश सरकारलाई लगानी गराउने बातावरण आफुले सृजना गर्ने बताउनुभयो । 
    यसैबिच खेल क्षेत्रको विकासमा योगदान पु¥याउने बिभिन्न खेलसँग सम्बन्धित ब्यक्तित्व तथा खेलाडीहरुलाई उद्घाटन कायक्रमका बिच सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय खेलकुद परिषदका प्रथम महिला सदस्य सचिव सकुन्तला नगरकोटी,नेपालकी पहिलो महिला ओलम्पियन सगिंना बैद्य,सामाजिक अभियान्ता बुद्धिनारायण श्रेष्ठलाई दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मान गरिएको छ । साथै मोरक्कोमा भएको वल्डमार्सल सेल्फडिफेन्स प्रतियोगिताका स्वर्ण पदकविजेता अर्जुनबहादुर रोक्का तथा रजक पदक बिजेता सञ्जु महर्जन र ङवाङ केसाङ लामालाई  जनही नगद २५÷२५ हजारको साथमा सम्मानपत्रद्धारा सम्मान गरिएको छ । 
    क्षेत्रिय खेलकुदविकास समिति,विराटनगरको आयोजनातथा सोलुखुम्बु जिल्ला खेलकुदविकास समितिको संयोजनमा भएको प्रतियोगितामा पुर्वाञ्चलका १५ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता चैत्र २६ गते सम्पन्न हुनेछ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org