समाचार

  • बलिउड अभिनेता सलमान जेलबाट छुटे, अभिनेत्री कटरीना कैफ सलमानलाई भेट्न घरमै पुगे ।

    news

     
    सोलु एफ एफ,चैत २५ – कृष्णसार (कालो हरिण) मारेको आरोपमा जेल गएका बलिउड अभिनेता सलमान खान शनिबार जेलबाट रिहा भएका छन् । सलमान मुम्बई पुग्ने बित्तिकै बलिउड अभिनेत्री कटरीना कैफ उनलाई भेट्न घरमै पुगेकी छिन् ।
    भारतीय सञ्चार माध्यमका अनुसार सलमान शनिबार राति सवा आठ बजे मुम्बईमा रहेको घर (ग्यालेक्सी अपार्टमेन्ट) पुगेका थिए । त्यसको एक घण्टापछि कटरीना सलमानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्ट पुगेकी थिइन् । उनीसँगै सलमानलाई भेट्न कटरिनाका अलावा डेजी शाह, मलाईका अरोडा, हुमा कुरेसी, ज्याकलिन फर्नान्डीज, बरुण धवन, बबी देवलसहितका कयौं बलिउडकर्मी सलमानलाई भेट्न पुगेका थिए । 
    सलमान जेलबाट छुटेपछि  उनका फ्यानहरु पनि सलमानलाई निकै नै व्यग्र भएर उनको घर अगाडी कुरिरहेका थिए । सलमानले उनका शुभचिन्तक तथा फ्यानहरुलाई उनी बस्ने अपार्टमेन्टबाट अभिवादन गरेका थिए । सलमानका साथीहरुले उनको रिहाईमा खुसी मनाएका छन् । स्रोत ः उज्यालो अनलाईन
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org