ताजा खबर

समाचार

  • १२ जनालाई गलैचा बुनाई सम्वन्धी तालिम

     
    चैत्र २७
    सोलु एफएम, सोलुखुम्बु - गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत सोलुखुम्बुका  १२ जनाले गलैचा बुनाइ सम्बन्धी सीप सिक्ने भएका छन् ।  नेपाल युवा विकास मन्च ललितपुर र सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ को संयुक्त आयोजनामा तालिम हुने भएको हो । ३ महिने तालिमको आज उद्घाटन गरिएको छ । 
    वडा अध्यक्ष रामुकमार श्रेष्ठको अध्यक्षतामा तालिम उद्घाटन गरिएको हो । दोर्पु बजारमा गरिएको उदघटन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले आर्थिक समृद्धिका लागि सीप सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सोलुखुम्बुको चिनारीको रुपमा गलैचा बनाउन सक्ने गरी तालिम लिन आग्रह गर्नुभयो । 
    उद्घाटन कार्यक्रममा बोल्नुहुदै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले व्यवसायिकतालाई जोड गर्दै तालिम लिन सुझाव दिनुभयो । उहाँले दैनिक हजारौको संख्यामा विदेशिने युवाहरुलाई स्वरोजगार बनाउनका लागि उद्यम कार्यक्रमको महत्व रहेको धारणा राख्नुभयो । 
    घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका उद्योग विकास अधिकृत उमेश वाग्लेले लोप हुन लागेको सिपलाई प्रर्वद्धन गरी उद्यम विकास गर्ने कार्य प्रारम्भ भएको बताउनुभयो । 
    जिल्ला लघु उद्यमी समुह संघकी अध्यक्ष कविता तामाङले उद्यमीको चाहाना, बजारको आवश्यकता तथा बजार व्यवस्थापनको विषयमा सदैव उद्यमीको आवाज बुलन्द बनाउने पक्षमा आफु रहेको उल्लेख गर्नुभयो । 
    कार्यक्रममा नेपाल युवा विकास मन्चका कार्यक्रम संयोजक देवि कुमार तामाङले तालिमको उदेश्यका बारेमा प्रष्ट पार्नुभएको थियो । तालिममा प्रशिक्षक आङपेम्बा शेर्पाले प्रशिक्षण दिदैहुनुहुन्छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org