समाचार

  • पुरानो कपडाको उपयोग

     
    चैत्र २७
    सोलु एफएम, सोलुखुम्बु -
     
    कपडा पुरानो भएर लाउन नमिल्ने भएपछि तपाईं के गर्नुहुन्छ ? यो प्रश्नको जवाफ सामान्यतया फाल्छौँ भन्ने आउला । तर सोलुखम्बु सदरमुकाम सल्लेरीमा  भने सिरक डसना बनाउछौँ भन्ने जवाफ आउन थालेको छ ।  सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ सल्लेरीको जयश्री भगवति माता कपास उद्योगमा पुरानो कपडा आधुनिक मेसिनबाट रिफाइन गरी कपास निकालिने, सिरक, डस्ना,सिरनी मेट्रिस, अर्डर अनुसार बनाईने काम गरिन्छ । जस्ले गर्दा स्थानीयहरुले पुरानो कपडाको सदुपयोग राम्ररी गरेका हुन् । 
    बजार क्षेत्र मात्र नभएर गाउँगाउँबाट कपडाहरु संकलन गरी २ सय देखि ३ सय केजी कपडा लिएर विभिन्न सामाग्री तयार गर्ने गरेको  कपास उद्योग संचालक शक्ति लामाले बताउनुभयो । १५ लाखको लागतमा संचालित कपास उद्योगमा अहिले ३ जनाले रोजगारी पाएका छन्  । दैनिक औषतमा १० देखि १५ हजारको व्यापार हुने गरेको लामाले बताउनुभयो । नुवाकोट घर भएका लामाले सल्लेरीमा उद्योग स्थापना गरी राम्रो सगँ संचालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उद्योग संचालन भएको  करिब ५ महिनाको अवधिमा राम्रो व्यापार र प्रतिक्रिया पाएको लामाको भनाई छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org