समाचार

  • पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापालाई

     
    चैत्र २७
    सोलु एफएम, सोलुखुम्बु -
     
    सोलुखुम्बुको सल्लेरीमा सोमबार सम्पन्न पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले जितेको छ । जिल्लाको एक मात्र कबर्ड हल सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधि कब्जा गरेको हो ।
         पुरुष तथा महिला सिंगल र डबल्स तर्फको प्रतियोगितामा झापाले २ स्वर्ण, १ रजततथा १ कास्य जितेको छ । त्यस्तै १स्वर्ण, २ रजततथा २ कास्य सहित मोरङ्ग दोश्रो तथा १ स्वर्ण तथा ३ कास्य सहित भोजपुर तेश्रो भयो । ईलाम बाहेक तत्कालिन पुर्वाञ्चालका १५ जिल्लाको सहभागिता रहेको खेलमा पाँचथरले १ स्वर्ण, तेह्रथुमले १ रजतर १कास्य, सुनसरीले १ रजत तथा ताप्लेजुङ्गले ३ कास्य जित्न सफलभएका छन् । उपाधि बिजेता जिल्ला तथा खेलाडीहरुलाई आजै सम्पन्न समापन समारोहका बिच शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
    समापन समारोहलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य हेमकुमार राईले जिल्लाको खेलकुद क्षेत्रमा भौतिक पुर्वाधारको विकास हुन नसकेको स्विकार गर्नुभयो । वहाँले आगामी दिनमा यस्ता क्षेत्रिय तथा राष्ट्रिय स्तरको प्रतियोगिता जिल्लामा संचालन हुँदा पुर्वाधारको विकास भइसक्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सभा सदस्यएवं कार्यक्रमका बिशिष्ट अतिथी बुद्धिकुमार राजभण्डारीले खेलाडीको अर्को पहिचान अनुशासन भएकाले अनुशासनको पुर्ण पालना गर्ने क्षमता खेलाडीमा हुनु पर्नेमा जोड दिनुभयो ।
    पुर्वाञ्चाल क्षेत्रिय खेलकुद बिकास समिति, बिराटनगरको आयोजना तथा सोलुखुम्बु जिल्ला खेलकुद बिकास समितिको संयोजनमा भएको प्रतियोगितामा १५ जिल्लाका १ सय २० जनाखेलाडीको सहभागिता रहेको थियो । कार्यक्रम पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीको अध्यक्षतामा सम्पन्नभएको हो ।
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org