ताजा खबर

समाचार

  • निमार्ण सामाग्री चोरीमा संलग्न गिरोहका ४ जनालाई पक्राउ

     
    चैत्र २७
    सोलु एफएम, सोलुखुम्बु 
     
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले निमार्ण सामाग्री चोरीमा संलग्न गिरोहका  ४ जनालाई पक्राउ गरेको छ । जस्तापाता तथा अन्य निमार्ण सामाग्री चोरी भएको भन्ने सुचनाका आधारमा प्रहरी परिचालन गर्दा ४ जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । 
     
    पक्राउ परेकाहरु माथि आजै चोरी मुद्धा दर्ता गरी म्याद थप गराई अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो। जस्तापाता तथा रडहरु लोड गरिएको ग १ त ४२८८ नंको ट्याक्टर पनि प्रहरीले बरामद गरेको छ । चोरीमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य जारी राखेको जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ सल्लेरी बजारमा व्यवसाय गर्दै आउनुभएका राजकुमार श्रेष्ठको १० बण्डल रातो रंगको जस्तापात सोमबार राती चोरी भएको हो । 
    यसैबीच नेचासल्यान गाउँपालिका वडा नं २ सल्यानमा रहेको नवनिर्मित विश्व शक्ति शिव मन्दिरमा चोरी भएको छ । सोमबार साझ साढे ८ बजे तिर मन्दिरको ढोका फोरेर मन्दिर भित्र रहेको केही दक्षिण रकम तथा फलफुल चोरी भएको मन्दिरका पुजारी सुजन निरौलाले बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org