ताजा खबर

समाचार

  • वैशाख १ गते देखि सोलुखुम्बुु सहित ७७ वटै जिल्लामा आर्थिक गणना सुरु हुने ।

     
    सृष्टि सुनुवार,२०७४,चैत्र २९,सोलु एफ एम ।
    सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आर्थिक गणना २०७५ का विषयमा जिल्लास्तरीय सचेतना गोष्ठी  सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना अधिकृत सुवास राईले कार्यपत्र प्रस्तुत गर्नुहुदै गणनाको उदेश्य, उपयोगिता क्षेत्र, रणतीतिहरु, प्रमुख कार्यक्रम रुपरेखा, संकलन गरिने प्रमुख विवरणहरुको विषयमा प्रष्ट्याउनुभएको थियो ।  यही वैशाख १ गतेबाट तथ्यांक संकलन कार्य प्रारम्भ हुने राईले जानकारी दिनुभयो । 
    तथ्यांक संकलनका लागि सोलुखुम्बुमा ४ जना सुपरिवेक्षक र  २७ जना गणक  गरी ३१ जना परिचालन हुने जिल्ला आर्थिक सुचना कार्यालय सोलुखुम्बुले जनाएको छ  ।  गणकहरुले जेठ १५ सम्म तथ्यांक संकलन गर्ने र जेठ १६ गते देखि मसान्त सम्म कुनै कारण बस फाराम भर्न छुटेको तथा बाँकी रहेको  प्रतिष्ठानहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम तय भएको छ ।  नेपाल सरकारको प्रत्येक पाँच बर्षको अन्तरालमा आर्थिक गणना गर्दै जाने लक्ष्य रहेकोमा पहिलो आर्थिक गणना देशको ७७ वटै जिल्लामा २०७५ वैशाख महिनाबाट प्रारम्भ हुदैछ । गणनाको निर्धारित प्रक्रिया अनुसार निर्धारित समय भित्र देशमा क्रियाशिल रहेको सबै व्यवसायिक, आर्थिक इकाईहरुमा पुगेर यस्को बारेमा विवरणहरु संकलन गरी, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टीगत प्रक्रिया नै आर्थिक गणना हो ।  
    कार्यक्रममा बोल्नुहुदै  सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले आर्थिक गणनामा संकलित विवरण सही भएमा मात्र देशको आर्थिक विकासका काम सफल हुने धारणा राख्नुभयो । उहाँले आर्थिक गणनाको विवरण लागत लिन आउने गणकलाई साँचो विवरण दिई सहयोग गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो । स्थानीयस्तर देखि राष्ट्रिय तह सम्म आर्थिक विकासका लागि योजना तर्जुमा, अध्ययन, अनुसन्धान गर्न प्रयोग गरीने भरपर्दो र यर्थाथ आधारभुत आर्थिक तथ्यांक प्राप्त हुने भएकाले यस्को महत्व रहेको मेयर शेर्पाको भनाई छ ।
    प्रमुख जिल्ला अधिकारी सुनिल खनालले राष्ट्रिय आर्थिक गणना एक राष्ट्रिय महत्वको कार्यक्रम भएकाले यस्लाई सफल पार्न सबैले साथ दिनुपर्ने बतानउभुएको छ । उहाँले गणनाबाट प्राप्त हुने नतिजा देशको आर्थिक विकास सँग प्रत्येक्ष सम्वन्ध रहेका उल्लेख गर्नुभयो । राष्ट्रले ठुलो धनराशि र जनशक्ति जुटाई सम्पन्न गरिने राष्ट्रव्यापी कार्यक्रम भएकाले यसलाई सहयोग गरी सफल बनाउन सम्पुर्ण सरकारी, गैरसरकारी संघसंस्था, उद्योग प्रतिस्ठान, व्यापारी व्यवासायी, सेवाप्रदायहरु, तथा आम नेपाली जनताको कर्तव्य रहेको प्रष्ट पार्नुभयो । 
    आर्थिक गणना समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा नगरप्रमुख नाम्गेल शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालय प्रमुख तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org