ताजा खबर

समाचार

  • सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्य अन्तिम चरणमा ।

     
    २०७४,चैत्र २९,सोलु एफ एम ।
    आगामी बैशाख २ गते सोलुखुम्बु जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको सबै बालबालिकाले सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका  प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डाक्टर मिमांर छिरीङ शेर्पाले जानकारी दिनुभयो । उहाँले सम्पुर्ण आन्तरीक तयारी पुरा भएको भन्दै स्टेज व्यवस्थापनको काम मात्र बाकी रहेको बताउनुभयो । 
    बालबालिकाका लागि आवश्यक विभिन्न ११ प्रकारका खोप जिल्लाका १९२४ बालबालिकाले प्राप्त गरेको सुनिश्चित भएको खोप अधिकृत नारायण तामाङले बताउनुभयो । सोलुखुम्बु ४२ औं जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन लागेको बताइएको छ ।
    २०७४ बैशाख ८ गते साबिकको तिङला गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरी शुरु गरिएको अभियान गत असोज १ गते साबिकको काँगेल गाविसलाई पूर्ण खोप सुनिश्चित गरी सम्पन्न गरिएको र सोलुखुम्बु पूर्ण खोप सुनिश्चित घोषणा गर्न योग्य भएको जानकारी दिनुभयो । 
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org