ताजा खबर

समाचार

  • गार्मा—नेले—बुडिडाडा सडक खण्डको सांसदद्धारा निरीक्षण ।

     
    सुबास दर्नाल÷सोलु एफ एम ।
    २०७४,चैत्र २९—सोलुखुम्बुको गार्मा जोर बौद्ध देखि बुडिडाडासम्मको निर्माणधिनसडकको सोलुखुमबुका सांसदले निरीक्षण गरेका छन् । सडकको प्रतिनिधिसभा सासंद हेम कुमार राई तथा प्रदेश सभा सासंद बुद्धि कुमार राजभण्डारीले आज स्थलगत निरिक्षण गर्नुभएको हो । निरिक्षण पश्चात सोलु एफ एमसग कुराकानी गर्नुहुदै प्रतिनिधि सभाका सासद हेमकुमार राईले निमार्ण कार्य सकारात्मक रुपमा अघि बढिरहेको पाइएको प्रतिकृया दिनुभएको छ । उहाले निर्माणकर्ताले कार्य गर्दा गुणस्तरमा अत्यन्तै ख्याल गर्न सुझाव दिनुभयो । 
    त्यसैगरी प्रदेससभा खका सासंद बुद्धि कुमार राजभण्डारीले सडकलाई गुणस्तरिय बनाउने सबालमा स्थानियको महत्वपुर्ण भुमिका रहने बताउनुभएको छ । उहाले यदि निमार्णकर्ताले गुणस्तरहिन काम गरेको पाइएमा स्थानिय पनि चनाखो भई गुणासो गर्न सकिने बताउनुभयो । उहाले सडक गुणस्तर बनाउने सवालमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । 
    स्थानियले पनि सडक स्तरउन्नतिको माग गर्दा गुणस्तरमा ध्इान दिन आग्रह गरेका छन । साथै सडकमा ब्याक्तिगत जग्गा परेका स्थानियहरुले आफुहरुलाई भविष्यमा गाह्रो पर्ने कार्य नगर्न आग्रह गरेका छन । गार्मा जोरबौद्ध देखि नेले हुदै बुडिडाडाँसम्मको करिब २२ किलोमिटर सडक स्तरउन्नतिको जिम्मा स्वच्छन्दा रौता जेविले पाएको छ । २०६३ साल फागुन २१ गतेबाट सुरु गरिएको स्तरउन्नतिको काम ०७५ सालको असार मसान्त सम्मको समय सिमा पाएको छ । निर्माणकर्ता चेत नारायण श्रेष्ठले बर्षातका कारण निर्माण कार्यमा केहि असर गरेको भए पनि काम द्रुतगतिमा अगि बढिरहेको बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org