समाचार

  • सोलुखुम्बुको फाप्लुमा सुविधा सम्पन्न प्रसुति भवनको उद्धघाटन

    news

     

    सुबास दर्नाल,सोलु एफ एम ।
    २०७५,बैशाख १–सोलुखुम्बुको फाप्लुमा अत्याधुनिक सुविधा सम्पन्न प्रसुति केन्द्र भवनको उद्धघाटन गरिएको छ । नेपाल माउन्टेन मोबाईल हस्पिटल बेल्जियमको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको शनिबार एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो । कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सासंद एवम् नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक माननिय बुद्धि कुमार राजभण्डारीले सोलुखुम्बुमा नया बर्षको सुरुवातसगै सुविधा सम्पन्न प्रसुति केन्दको उद्धघाटन भएकाले जिल्लाको मातृ तथा बाल मृत्युदरलाई कम गर्न थप मद्धत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सासंद राजभण्डारीले सोलुखुम्बुलाई स्वास्थ्यको क्षेत्रमा विकास गर्र्न प्रदेश सरकारसगँ थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    कार्यक्रममा बोल्नुहुदै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख विर कुमार राईले  आमा र बच्चा स्वस्थ रहन सके मात्रै राष्ट्र नै स्वस्थ बन्न सक्ने भएकाले मातृशिशु स्याहारलाई विशेष जोड दिनुपर्ने बताउनुभएको छ । प्रमुख राईले सोलुखुम्बु पर्यटकिय हिसाबले विकसित रहे पनि स्वास्थ्यको दृटिकोणले अझै पछाडी नै रहेकाले कयौ ब्यक्तिहरु अझै पनि अकालमा मृत्युबरण गर्न बाध्य रहेको बताउनुभयो ।  उहाले जिल्लामा सुविधा सम्पन्न भवन निर्माण पश्चात अब गुणस्तरिय स्वास्थ्य सेवामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 
    यसै गरी सोलुदुधकुण्ड नगरपालीकाकी उपप्रमुख कल्पना राईले नया बर्षको सुरुवातसगै स्वास्थ्यमा नया प्रगतिको थालनी भएको बताउनुभएको छ । उपप्रमुख राईले भौतिक रुपमा सुविधा सम्पन्न भए पश्चात अब दिगो स्वास्थ्य सेवा तर्फ सम्पुर्ण लाग्नु पर्ने बताउनुभयो ।  उहाले अबको चुनौति भनेको गुणस्तरिय सेवा रहेको समेत धारण ब्यक्त गर्नुभयो ।
    कार्यक्रममा बोल्नुहुदै  हिमाली स्वास्थ्य तथा बाताबरणिय सेवा सोलुखुम्बुका सरक्षंक तथा स्वास्थ्य विभागका पुर्व महानिर्देशक डाक्टर मिङमार ग्याल्जेन शेर्पाले सोलुखुम्बु स्वाथ्ष्यको हिसाबले अत्यन्तै पछाडी रहेकाले यसलाई माथि उठाउन सबैको दायित्व भएको बताउनुभएको छ । उहाले जिल्लालाई स्वास्थ्यको क्षेत्रमा विकास गर्न एक जनाको मात्रै पहल र कोशिसले सम्भव नहुने धारण ब्यक्त गर्नुभयो ।कार्यक्रम हिमाली स्वास्थ्य तथा बाताबरणिय सेवा सोलुखुम्बु अध्यक्ष ङिमा तेण्डुप शेर्पाको अध्यक्षता तथा प्रदेश सभा सासंद एवम् नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक माननिय बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकको हो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org