समाचार

  • प्रदेश १ मा ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा ।

     
    सोलु एफ एम २०७५,बैशाख १–प्रदेश नं. १ सरकारले ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा गरेको छ । २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्ष मनाउने उद्देश्यसहित प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मेरो बर्ष २०७५ कार्यक्रम घोषणा गरेको हो । स्वास्थ्य प्रवद्र्धनका लागि सचेतना अभियानक स्वरुप आज एक कार्यक्रम गरी मेरो वर्ष कार्यक्रमको घोषण गरेको हो ।
    ‘स्वास्थ्यप्रति जिम्मेवार समृद्धिको आधार’ भन्ने मूल नारा दिएर सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत प्रदेश सरकारले पनि कार्यक्रम शुभारम्भ गरेको हो । स्वास्थ्यसँग जोडिएका ८ वटा प्रतिबद्धता पत्रमा मुख्यमन्त्री सहितका प्रदेश सरकारका मन्त्रीहरुले हस्ताक्षर गरेका छन् । प्रदेश नं १ अन्तर्गत पर्ने १४ जिल्लामा नयाँ वर्ष २०७५ वैशाख १ को शुभारम्भ सगै कार्यक्रम लागू भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री शेरधन राईले प्रदेश नम्बर १ लाई यो वर्ष आर्थिक समृद्धिको वर्षसँगै स्वस्थ्य प्रदेश बनाउने बताउनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org