समाचार

  • सञ्चारकर्मी श्रेष्ठको सोलुखोला तरेर गीत बिमोचन ।

    news

     
    सोलु एफ एम बैशाख १–सञ्चारकर्मी नुतन श्रेष्ठको सोलुखोला तरेर गीतको आज बिमोचन गरिएको छ । स्वर्गीय सुधिर प्रधानको शब्द तथा जसिहाङ राईको संगीत र गंगाराम राईको सम्पादन रहेको उक्त गीतको आज एक कार्यक्रमका बीच बिमोचन गरिएको हो । 
    सदरमुकाम सल्लेरीको एक होटलमा सोलुखुम्बु प्रदेश सभा (ख) का माननिय सांसद एवम् नेकपा एमाले प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उक्त गितको बिमोचन गर्नुभएको हो । बिमोचन कार्यक्रममा बोल्नुहुदै सांसद बुद्धिकुमार राजभण्डारीले गित संगीतको माध्यमले विभिन्न ठाउँको पहिचान गराउने भन्दै यसको प्रर्बद्धनमा आफु सकरात्मक रहेको बताउनुभयो । सञ्चारकर्मी श्रेष्ठ प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सोलु एफएमका कार्यकारी निर्देशक समते हुनुहुन्छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org